तथि अनुसार साउनको पहिलो सोमवार भक्तजनले शिव लिङ्गमा जल चड़ाए

Share this news

खरसाङ, 14 जुलाई (निसं): यो सोमवार असार महिनाको 30 गते अर्थात साउन महिना लाग्न बाँकी रहेको भए तापनि खरसाङमा धेरै भक्तजनले सावन महिनाको व्रत अरम्भ गरेका छन्। सोमवार खरसाङका शिवलिङ्गहरूमा जल चड़ाउने भक्तजनको संख्या केही कमी रहे तापनि भक्तजनले जल चड़ाए। हिन्दू पञ्चाङ्ग अनुसार सावन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई पहलो सावनको सोमवार मानिएको छ। यसै तिथिमा साउनको व्रत आरम्भ गर्ने चलन रहेको छ। यो तिथिको आरम्भ 14 जुलाई अर्थात सोमवार राति 1 बजेर 2 मिनटमा हुने बताइएको छ। यसैले तिथि अनुसार 14 जुलाई साउन महिनाको पहिलो सोमवार रहेकोले यसै सोमवारदेखि साउनको व्रत आरम्भ गरिएको हो भनी कतिपय भक्तजनले बताएका छन्। सोमवार खरसाङको शिव मन्दिरहरूमा भक्तजनले शिव भगवानको पूजा गर्नको साथै जल चड़ाएका छन्। जल चड़ाउनेहरूमा महिला भक्तजनको संख्या अधिक देखिएको छ। तिथि अनुसार साउनको पहिलो सोमवार रहेकोले खरसाङको राम मन्दिर अनि अन्य मन्दिरहरूमा पूजाको अनुष्ठान आरम्भ भएको छ। साउनको महिनामा हिन्दू भक्तजनले शिव भगवानको आरधना गर्ने हुनाले माछ-मासु, लसुन-पियाज नखाने पनि चलन रहेको छ। साउनको महिना आरम्भ भएकोले धेरै हिन्दू महिला अनि युवतीहरूले आफ्नो हातमा मेहदी लगाएको पनि देखिएको छ। खरसाङका भक्तजनहरू काँवड़ यात्रामा गइरहेका छन्। तथापि कतिपय महिलाहरूले भने साउनको व्रत आगामी सोमवादेखि आरम्भ गर्ने बताएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न