सडक मरमतीको कारण यातायात बन्द रहने

Share this news

मिनरल स्प्रीङ,13 जुलाई (निसं):गत लामो समयदेखि मरमतीको कार्य चलिरहेको आँपबोटे घट्टे गाउँ जाने सडकको आधार देवल, सुरक्षा देवलको मर्मत पश्चात आजदेखि सतह तथा भूई ढलाईको काम शुरू भएको हुनाले भोलिदेखि उक्त सडक भएर ओहोर-दोहोर गर्ने सम्पूर्ण वाहनहरुको निम्ति यातायात बन्द राखिने भएको कार्यसित सम्बन्धित ठेकेदार अनि स्थानीय समाजका प्रतिनिधिहरुले जानकारी गराएका छन्। ढलाई कार्य अवधिदेखि पन्ध्र दिनसम्म यातायातको कुनै पनि साधन उक्त मरमती कार्य भइरहेको सडक भएर आवागमन गर्न नदिन औं उक्त आवागमन निषेध मा स्थानीय गाउँ तथा समाजले पनि सहयोग पुर्याइदिनु पर्छ  भनी ठेकादार द्वारा पत्राचार गरिएको हुँदा सो पत्रको आधारमा स्थानीय समाजले पनि सहयोग पुर्याउँदै यातायात बन्द रहने विषय सबैलाई जानकारी दिइएको स्थानीय आँपबोटे गाउँ निवासी तथा आँपबोटे सुधार समाजका सचिव अनिल कुमार जिम्बाले जनाएका छन्। उक्त सडक भएर यात्रा गर्ने जनसाधारण तथा यात्रुहरुलाई पर्न गएकाे असुविधाको लागि  गाउँ समाजको पक्षबाट उनले क्षमा याचना गरेका छ्न्। विभिन्न स्थानका दुई चक्के,चार चक्के साना ठूला निजी, ट्याक्सी, पर्यटकीय वाहनहरु उक्त सडक भएर ओहोर-दोहोर गर्ने हुनाले सडक बन्द रहँदा सबैलाई प्रभाव पर्न जान्छ तथापि सडकको मरमती कार्य अनि सडकको अवस्थालाई विचारेर सम्पूर्ण वाहन चालक मालिक तथा जनसाधारणले सहयोग पुर्याइदिन भनी उनले आग्रह गरेका छ्न्। तकदाह, दवाईपानी बस्ती, लेबोङ हरसिहहट्टा लगायत अन्य क्षेत्रका वाहनहरु पनि यो बाटो भएर आउजाउ गर्ने  भएको हुनाले हाल मरमतीको कारण यातायात बन्द राखिने निर्णय भएको सम्पूर्णमा जानकारी गराउँदछौं भनी उनले थप बताएका छन्। कतिलाई अति आवश्यक परेको खण्डमा ट्रान्सीप गरेर यात्रा गर्न सक्नेछन् भनी पनि उनले जानकारी दिएका छ्न्।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न