भानु जयन्ती पालनसँगै ईश्वर खुम्चिँदै गयो-को लोकार्पण 

Share this news

पुलबजार,14 जुलाई (निसं): आइतबार, शब्द साधना मञ्च, पुलबजारको मुख्य आयोजनामा ग्रामीण पुस्तकालयमा भानु जयन्ती तथा पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मञ्चका निज सभापति कवि भक्तकुमार सुब्बाको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथिका रूपमा समाजसेवी सुरेश प्रधान उपस्थित थिए भने अन्य अतिथिहरूमा वरिष्ठ साहित्यकार एम पथिक ,  साहित्यकार डा.कमल पोखरेल , युवराज सुब्बा,मोहन प्रधान ,मणिराज राई, राजु सुब्बा, देशराज सुब्बा ,देबेन्द्र राई,अभिकेशर छेत्री, सुमन परियार आदिको बिशेष उपस्थिति रहेको थियो ।
कवि कर्ण विरह र राजकुमार तिम्सिनाले संयुक्त रूपमा सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य राजकुमार तिम्सिनाले राखेका थिए। कार्यक्रममा  अद्विका सुब्बाले रामायण पाठ प्रस्तुत गरिन्। भानु जयन्तीसम्बन्धमाथि  साहित्यकार डा. कमल पोखरेलले सुन्दर वार्ता प्रस्तुत गरेका थिए। त्यसपछिको रामायण पाठ राजकुमार तिम्सिना, लोकनाथ शर्मा र नितेन्द्र खनालले संयुक्त रूपमा वाचन गरे। नीलमचन्द्र रायमाझी युवराज छेत्रीको गीत प्रस्तुति र बरिष्ठ साहित्यकार एम पथिकको मन्तव्यले कार्यक्रमलाई थप आकर्षक बनायो। राममणि जोशी, धिरज सुब्बा , सूरज शर्मा, लोकनाथ शर्मा, नितेन्द्र खनाल, प्रतीक्षा राई आदिले कविता वाचन गरे। डा. महेश दाहालको कथासङ्ग्रह ईश्वर खुम्चिँदै गयोको लोकार्पण गरिएको थियो। त्यसपछि उनले स्वयंले मन्तव्य प्रस्तुत गरे। प्रमुख अतिथिको मन्तव्यपछि सञ्जोग खवासले गजल वाचन गरे। धन्यवाद ज्ञापन योगेश ग्याबा तामाङले गरेका थिए।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न