भानु जयन्ती पालनसँगै ईश्वर खुम्चिँदै गयो-को लोकार्पण 

Share this news

पुलबजार,14 जुलाई (निसं): आइतबार, शब्द साधना मञ्च, पुलबजारको मुख्य आयोजनामा ग्रामीण पुस्तकालयमा भानु जयन्ती तथा पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मञ्चका निज सभापति कवि भक्तकुमार सुब्बाको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथिका रूपमा समाजसेवी सुरेश प्रधान उपस्थित थिए भने अन्य अतिथिहरूमा वरिष्ठ साहित्यकार एम पथिक ,  साहित्यकार डा.कमल पोखरेल , युवराज सुब्बा,मोहन प्रधान ,मणिराज राई, राजु सुब्बा, देशराज सुब्बा ,देबेन्द्र राई,अभिकेशर छेत्री, सुमन परियार आदिको बिशेष उपस्थिति रहेको थियो ।
कवि कर्ण विरह र राजकुमार तिम्सिनाले संयुक्त रूपमा सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य राजकुमार तिम्सिनाले राखेका थिए। कार्यक्रममा  अद्विका सुब्बाले रामायण पाठ प्रस्तुत गरिन्। भानु जयन्तीसम्बन्धमाथि  साहित्यकार डा. कमल पोखरेलले सुन्दर वार्ता प्रस्तुत गरेका थिए। त्यसपछिको रामायण पाठ राजकुमार तिम्सिना, लोकनाथ शर्मा र नितेन्द्र खनालले संयुक्त रूपमा वाचन गरे। नीलमचन्द्र रायमाझी युवराज छेत्रीको गीत प्रस्तुति र बरिष्ठ साहित्यकार एम पथिकको मन्तव्यले कार्यक्रमलाई थप आकर्षक बनायो। राममणि जोशी, धिरज सुब्बा , सूरज शर्मा, लोकनाथ शर्मा, नितेन्द्र खनाल, प्रतीक्षा राई आदिले कविता वाचन गरे। डा. महेश दाहालको कथासङ्ग्रह ईश्वर खुम्चिँदै गयोको लोकार्पण गरिएको थियो। त्यसपछि उनले स्वयंले मन्तव्य प्रस्तुत गरे। प्रमुख अतिथिको मन्तव्यपछि सञ्जोग खवासले गजल वाचन गरे। धन्यवाद ज्ञापन योगेश ग्याबा तामाङले गरेका थिए।

Share this news
आजको रोजाइ
रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आजको रोजाइ