साउथफिल्ड कलेजमा 211 औं भानु जयन्ती पालन 

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): 211औं भानु जयन्तीको पावन अवसरमा आइतबार साउथफिल्ड कलेज नेपाली विभागमा भानु जयन्ती पालन गरियो।  विभागाध्यक्ष प्रा. निरज राईको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रा. डा. महेश प्रधानले भानुभक्त आचार्य अनि रामायण विषय सारगर्भित सम्भाषण प्रस्तुत गरे।  नेपाली विभाग तेस्रो सत्रकी विद्यार्थीवर्गद्वारा सुमधुर रामायण पाठ गरे। प्रा निरज राईले आफ्नो अध्यक्षीय वक्तव्यमा भानुभक्तको हाम्रो समाजमा महत्त्वबारे जानकारी गराउँदै भानुभक्त आचार्यको रामायण लगायत सम्पूर्ण काव्यहरूको अध्ययन गर्नपर्ने जनाए। प्रा.सदीप प्रधानद्वारा सञ्चालित यस कार्यक्रममा साउथफिल्ड कलेज नेपाली विभागकी प्राध्यपिका अल्का शर्मा लगायत तेस्रो र पाँचौ सत्रका विद्यार्थीवर्गको विशेष उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान