दार्जीलिङका पुत्र राज्यसभामा पुग्नु अत्यन्तै सुखद हो: विक्रम राई

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): पुर्व विदेश सचिव तथा दार्जीलिङ वेलफेयर सोसाइटी-का सस्थापक हर्षवर्धन श्रीङला राज्यसभा सदस्य रूपमा मनोनीत भएकोमा दार्जीलिङ पहाडका विभिन्न व्यक्ति विशेषले उनलाई शुभकामना व्यक्त गरे। यसै क्रममा विकरण फाउण्डेसन प्रमुख तथा सामाजिक कार्यकर्ता एवं प्राध्यापक बिक्रम राईले शुभकामना व्यक्त गरे भने दार्जीलिङको पुत्र संसदको माथिल्लो सदन राज्य सभामा पुग्नु अत्यन्तै सुखद रहेको बनेको बताए। राईले भने, पूर्व विदेश सचिव तथा भुमी पुत्र हर्षवर्धन श्रृंगलालाई राज्यसभामा मनोनित गरिएकोमा सबैको लागि गर्वको क्षण रहेको तथा कूटनीति, शासन र विश्वव्यापी मामिलामा उनको विशिष्ट सेवाले दार्जीलिङ र राष्ट्रलाई सधैं गौरव दिएको राईले बताए। यसको साथै संसदको माथिल्लो सदनमा सार्वजनिक सेवाको यो नयाँ अध्याय सुरु गर्दा साच्चै दार्जीलिङवासीले गर्व महसुस गरेको पनि राईले बताए।
स्मरण रहोस् ,  विकरण फाउण्डेसन तथा दार्जीलिङ सेवा सस्थासंग मिलेर दार्जीलिङवासीहरुको निम्ति विभिन्न कार्यहरु गर्दै आएको छ भने गत कोभिड-19 को समयमा विकरण फाउण्डेसनले डा श्रीङलाको सहयोगमा विदेश रहेका धेरै गोर्खालाई स्वादेश फर्काउन महत्त्वपूर्ण भुमिका निभाएको छ।



Share this news
आजको रोजाइ
तथि अनुसार साउनको पहिलो सोमवार भक्तजनले शिव लिङ्गमा जल चड़ाए

तथि अनुसार साउनको पहिलो सोमवार भक्तजनले शिव लिङ्गमा जल चड़ाए

खरसाङ सुपर लीग 2025 को सोमवारको खेल मकैबारीले जित्यो

खरसाङ सुपर लीग 2025 को सोमवारको खेल मकैबारीले जित्यो

रुफटप क्यारियर-मा छुट दिनपर्ने

रुफटप क्यारियर-मा छुट दिनपर्ने

लेखिका मञ्जु तामाङ दम्पतिप्रति कृतज्ञता ज्ञापन

लेखिका मञ्जु तामाङ दम्पतिप्रति कृतज्ञता ज्ञापन

लाली गुराँस ग्राम सु.स.द्वारा भानु जयन्ती पालन

लाली गुराँस ग्राम सु.स.द्वारा भानु जयन्ती पालन

मिजोरम गोर्खा युवा सङ्घद्वारा भानु जयन्ती पालन

मिजोरम गोर्खा युवा सङ्घद्वारा भानु जयन्ती पालन

प्रवासी नेपाली संघ भारतद्वारा भानु जयन्ती पालन

प्रवासी नेपाली संघ भारतद्वारा भानु जयन्ती पालन

बिमल गुरुङको हात र साथलाई बलियो बनाउने

बिमल गुरुङको हात र साथलाई बलियो बनाउने

पर्यटन केन्द्रमा सबैलाई गरिखान दिने

पर्यटन केन्द्रमा सबैलाई गरिखान दिने

थिङकोनोमिक्स-माथि सेमिनार

थिङकोनोमिक्स-माथि सेमिनार