पंखाबारी भानुभक्त पुस्तकालयमा भानु जयन्ती पालन

Share this news

पंखाबारी,13 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको 211 औँ जन्मजयन्ती पंखाबारीको भानुभक्त पुस्तकालयमा पालन गरियो। पुस्तकालयका संस्थापक सुरेश भित्रीकोटीको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथिको रूपमा जीटीए पंखाबारी-अम्बटे-लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना प्रधान उपस्थित थिइन्। उषा कानु लामाद्वारा सञ्चालित कार्यक्रममा भानुभक्तको जीवनी स्वर्णिमा प्रधानले राखेकी थिइन् भने शिक्षिका शारदा मुखिया अनि देवराज शर्माले कविता वाचन गरे औ समारोहमा उपस्थित सदस्यहरूद्वारा रामायण पाठ पनि गरियो। समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि सभासद कल्पना प्रधानले जीर्ण अवस्थामा रहेको यहाँको यस भानुभक्त पुस्तकालयको तिनको पहलमा औ जीटीए प्रमुख अनित थापाको सहयोगमा जीर्णोद्धार गरिने कार्य गरिएको बताउँदै अब उसो यसको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी हामी सबै पंखाबबारीवासीको हो भनी जनाए। हामी सबैको सुस्तीपनले हाम्रो पंखाबारीको गरिमा विस्तारै हराएर जाँदै गरेको अनुभव गर्दै अब पुनः यहाँको गरिमालाई फर्काएर ल्याउन सबै एकजुट हुनुपर्ने बताइन्। प्रधानले छोटो समयमा यसरी कार्यक्रम गरिए तापनि यस कार्यक्रमलाई सफल पार्न सहयोग र सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ भव्यताकासाथ भानुजयन्ती पालन गर्नुपर्नेछ भनी बताइन्। तिनले यस भानुभक्त पुस्तकालय अनि यससँग सम्बन्धित विगतका दिनहरूको स्मरण गर्दै विगतमा यस पंखाबारी क्षेत्रमा ठूल्ठूला अनि महत्वपूर्ण कार्यक्रमहरू हुने गरेको बताउँदै आजभोलि यस्ता कार्यक्रमहरू हुन छोडेकोमा दुःख व्यक्त गरिन्। कार्यक्रमको आरम्भमा भानुभक्तको तस्विरमा धूप-दीप प्रज्वलन एवम् माल्यार्पण गरियो। कार्यक्रममा शिक्षक सुबोध लामा, सुरज प्रधान लगायत अन्यहरू उपस्थित थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न