पंखाबारी भानुभक्त पुस्तकालयमा भानु जयन्ती पालन

Share this news

पंखाबारी,13 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको 211 औँ जन्मजयन्ती पंखाबारीको भानुभक्त पुस्तकालयमा पालन गरियो। पुस्तकालयका संस्थापक सुरेश भित्रीकोटीको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथिको रूपमा जीटीए पंखाबारी-अम्बटे-लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना प्रधान उपस्थित थिइन्। उषा कानु लामाद्वारा सञ्चालित कार्यक्रममा भानुभक्तको जीवनी स्वर्णिमा प्रधानले राखेकी थिइन् भने शिक्षिका शारदा मुखिया अनि देवराज शर्माले कविता वाचन गरे औ समारोहमा उपस्थित सदस्यहरूद्वारा रामायण पाठ पनि गरियो। समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि सभासद कल्पना प्रधानले जीर्ण अवस्थामा रहेको यहाँको यस भानुभक्त पुस्तकालयको तिनको पहलमा औ जीटीए प्रमुख अनित थापाको सहयोगमा जीर्णोद्धार गरिने कार्य गरिएको बताउँदै अब उसो यसको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी हामी सबै पंखाबबारीवासीको हो भनी जनाए। हामी सबैको सुस्तीपनले हाम्रो पंखाबारीको गरिमा विस्तारै हराएर जाँदै गरेको अनुभव गर्दै अब पुनः यहाँको गरिमालाई फर्काएर ल्याउन सबै एकजुट हुनुपर्ने बताइन्। प्रधानले छोटो समयमा यसरी कार्यक्रम गरिए तापनि यस कार्यक्रमलाई सफल पार्न सहयोग र सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ भव्यताकासाथ भानुजयन्ती पालन गर्नुपर्नेछ भनी बताइन्। तिनले यस भानुभक्त पुस्तकालय अनि यससँग सम्बन्धित विगतका दिनहरूको स्मरण गर्दै विगतमा यस पंखाबारी क्षेत्रमा ठूल्ठूला अनि महत्वपूर्ण कार्यक्रमहरू हुने गरेको बताउँदै आजभोलि यस्ता कार्यक्रमहरू हुन छोडेकोमा दुःख व्यक्त गरिन्। कार्यक्रमको आरम्भमा भानुभक्तको तस्विरमा धूप-दीप प्रज्वलन एवम् माल्यार्पण गरियो। कार्यक्रममा शिक्षक सुबोध लामा, सुरज प्रधान लगायत अन्यहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ