तीनधारेमा सिनियर सिटिजन कप क्यारम प्रतियोगिता शुरू

Share this news

तीनधारे, 12 जुलाई (निसं): तीनधारे वरिष्ठ नागारिक कल्याण संगठनको आयोजनामा सिनियर सिटिजन कप तीनधारे महानदी समष्टि स्तरीय क्यारम बोर्ड प्रतियोगिता-2025 तीनधारेमा संगठनकै निजी भवनमा शुरू भएको छ। यस प्रतियोगिताको जोड़ी प्रतियोगिताको निम्ति स्व. ललिता गुरूङ स्मारक ट्रफी जेबी गुरूङले अनि एकल प्रतियोगिताको निम्ति स्व. दुर्गा प्रसाद मोक्तान स्मारक ट्रफी गौतम मोक्तानले प्रायोजन गरेका छन्। त्यसरी नै अन्य ट्रफीहरू संगठनकै सदस्यवर्गले प्रदान गरेका छन्। यस समष्टि स्तरीय क्यारम प्रतियोगिताको प्रथम दिनको एकल प्रतियोगिताको खेल विमल दर्जी अनि वाणीबिलास सिंहमाझ सम्पन्न भएको छ। यो एकदमै रोमाञ्चित खेलमा विमल दर्जी विजय भएका छन्। यस क्यारम बोर्ड प्रतियोगितामा निर्णायकको रुपमा किशोर सुन्दास र महेन्द्र तामाङ रहेका छन्। दुवै निर्णायकद्वयले उद्घाटन खेललाई अनुशासित अनि सफल परिचालन गरेका थिए। आगमी 15 अगस्त स्वतन्त्रता दिवसको दिन एकल अनि जोड़ी दुवै प्रतियोगिताको अन्तिम फाइनल खेलको आयोजना हुने भएको जानकारी वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको सचिव सुरेशचन्द्र दर्नालले दिएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान