अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टि कमिटी गठन

Share this news

तीनधारे, 12 जुलाई (निसं): अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको पूर्णाङ्क कमिटी गठन गरिएको छ। उक्त समष्टि स्तरीय कमिटी गठनको लागि घैयाबारीस्थित पार्टी कार्यालयमा शुक्रबार अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको सभापति डेविस छेत्रीको अध्यक्षतामा सभा सम्पन्न भएको छ। उक्त सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्‍वकर्मले सञ्चालन गरेका थिए। सभालाई विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको सचिव दयाराम शर्मा, शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभापति बिमल शेर्पा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको सभापति डेविस छेत्री आदिले वक्तव्य राखेका थिए। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, शिक्षक संगठन तीनधारे महानदी समष्टिको सचिव उत्तम छेत्री लगायत अन्य उपस्थित रहेका थिए। यसै सभामा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको कमिटी गठन गरिएको छ। उक्त समष्टि स्तरीय कमिटीमा सभापति सुभम प्रधान, उप सभापति महानदी ग्राम पञ्चायतको उप प्रधान सोनिका तामाङ र सुभम प्रधान, सांगठनिक सचिव प्रयास प्रधान, प्रवक्ता धिराज छेत्री, प्रचार प्रसार सचिव पुरण राई, कानुनी सल्लाहकार सनिम लामा, सल्लाहकारमा बिपन विश्‍वकर्म, मनोहर थापा, अभिजित छेत्री, प्रनेस प्रधान, नवराज राई, राजीव तामाङ लगायत कार्यकारी सदस्यहरू पनि चयन भएका छन्।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा