सुवेदार बस्ती ग्राम सुधार समितिको नयाँ कार्यकारिणी समिति गठन

Share this news

खरसाङ, 12 जुलाई (निसं): शनिवारको दिन सुवेदार बस्ती ग्राम सुधार समितिको सभा वार्ड नम्बर 16 स्थित समाज भवनमा समाजका वरिस्ठ सदस्य मंगल सार्कीको अध्यक्षतामा सम्पन्न भयो सभाको आरम्भमा समाजका संस्थापक सदस्य स्व. आरके जोशीको आत्मा शान्तिको निम्त एक मिनटको मौनधारण धारण गरी प्रार्थन गरियो अनि स्व. अत्माप्रति श्रद्धाञ्जली अर्पण गरियो। सभामा चर्चापछि पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरियो। नव गठित कमिटीका अध्यक्ष अञ्जय छेत्री, उपाध्यक्ष देबु गुरुङ, सीता छेत्री, सचिव शितल रसाइली, सहसचिव शिला थापा, देवाशीष जोशी, कोषाध्यक्ष रजनी सुब्बा, दिपा प्रधान साथै प्रमुख सल्लाहकार मंगल सार्की, रतन गुरुङ, सुदर्शन जैशी, उमा गुरुङ, सुनिता गुरुङ, लक्ष्मी छेत्री, गोपाल सिंहलाई चयन गरियो। समिति सुचारु सञ्चालनको निम्ति 17 जना कार्यकारी सदस्यहरू पनि चयन गरियो। सभालाई सम्बोधन गर्दै वरिस्ठ सदस्य रतन थापाले 1947 सालमा स्थापित ग्राम सुधार समिति सुवेदार बस्ती खरसाङ कै पहिलो समाज हो, यो सत्यतालाई नकार्न सकिन्न भन्दै धेरै सामाजिक कार्यहरू गर्दै आज हामी यहाँ आइपुगेका छौँ। अब उसो यो जिम्मेवारी नयाँ कमिटीको हो, नयाँ कमिटीका पदाधिकारीहरूलाई बधाई साथै आगमि दिनको लागि शुभकामना छ भने। अध्यक्ष अञ्जजय छेत्रीले समाज एउटा मन्दिर सरह हो, यसलाई हामीले माया र सत्कार गर्नु सिक्नु पर्छ, हरेक ग्रामवासीको दुखेसो बुझ्नु सक्नुपर्छ, हरेक असहाय मानिसको बल बनेर हामीले कार्य गर्नुपर्नेछ भने। तिनले युवावर्ग अघि आउँनु बताउँदै समाज असल भए क्षेत्र साथै देश असल हुन्छ भनी आफ्नो वक्तव्यमा भने। सभालाई दिपराज रसाइली, देवाशीष जोशी, महेश मंग्राती, लक्ष्मी छेत्री, उमा गुरुङ, देबु गुरुङ साथै अन्य सदस्यहरूले पनि सम्बोधन गरेका थिए, शिला थापाले सञ्चालन गरेकी थिए भनी जानकारी दिइएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न