खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट

Share this news

खरसाङ, 12 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा एवं खेल मामिला विभाग, जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको सातौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियलय स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको सातौँ दिनको खेल शिनिवार प्रिमियर डिभिजन अन्तर्गत खरसाङ लिजण्ड अनि युकेएफसीमाझ खेलियो। यस खेलमा खरसाङ लिजण्डले 1 गोल गर्‍यो भने युकेएफसीका खेलाड़ीहरूले कुनै गोल गर्न सकेेनन्। यस खेलमा खरसाङ लिडण्डका खेलाड़ी चिराज थापाले छिराएका हुन्। यस प्रकार यो खेलमा खरसाङ लिजण्डले युकेएफसीलाई शुन्यको विरुद्ध 1 गोलले हराएको छ। दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत मकैबारी चुनाइटेड एफसी अनि युकेएफसीमाझ सम्पन्न भयो। यस खेलमा मकैबारीका खेलाड़ीहरूले 3 गोल गरे भने युकेएफसीका खेलाड़ीहरूले 2 गोल मात्र गर्न सके, यसरी यो खेल मकैबारी युनाइटेड एफसीले 2 गोलको विरुद्ध 3 गोल गरेर जितेको छ। शनिवारको दुवै खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू नितेश देवान, सुरेन गुरुङ, रेबिका प्रधान, सलमा राईले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा थिए भनी खरसाङ फुटबल एसोसिएशनका सचिव सुदीप राईले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा