पश्‍चिम बंगाल दलित बन्धु कल्याण एवं विकास बोर्ड अध्यक्षको खरसाङ भ्रमण

Share this news

खरसाङ, 12 जुलाई (निसं): पश्‍चिम बंगाल दलित बन्धु कल्याण एवं विकास बोर्डका अध्यक्ष प्रदीप वाँसफोरले खरसाङको भ्रमण गरेका छन्। खरसाङको भ्रमण अघि तिनले दार्जीलिङको भ्रमण गरेर दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीसित एउटा बैठक गरेको जानकारी प्राप्त भएको छ। खरसाङमा वाँसफोरलाई खरसाङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, पश्‍चिम बंगाल दलित बन्धु कल्याण एवं विकास बोर्डका दार्जीलिङ जिल्ला कार्यवाहक अध्यक्ष शंकर राउतले स्वागत जनाएका थिए। अध्यक्ष वाँसफरको साथमा पछौटो वर्ग कल्याण विभाग जीटीएका अधिकारीहरू सरजीत बालमिकी, सुवास हेला अऩि सामदेन डुक्पा पनि उपस्थित थिए। प्राप्त जानकारी अनुसार अध्यक्ष वाँसफोरले खरसाङ भ्रमणको अवधिमा खरसाङ नगरपालिका अध्यक्ष, उपाध्यक्ष, जीटीएका अधिकारी अनि विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूसित दलित अनि पछौटेवर्गका मानिसहरूको समस्या, तिनीहरूले सरकारबाट प्राप्त गर्ने विभिन्न सहुलियत र लागु गरिएका विभिन्न परियोजनाहरूको बारेमा चर्चा गरेका छन्। वाँसफोरलाई खरसाङ नगरपालिका कार्यालयमा खदा लगाएर नगरपालिका अध्यक्ष, उपाध्यक्ष, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले स्वागत अनि सम्मान जनाएका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान