अन्तर्राष्ट्रिय सहकारिता वर्ष 2025 को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा जागरूकता कार्यक्रम

Share this news

सोनादा, 11 जुलाई (निसं):अ अन्तर्राष्ट्रिय सहकारिता वर्ष 2025 को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा दार्जीलिङ जिल्ला सेन्ट्रल को-अपरेटिभ ब्याङ्क र को-अपरेटिभ विभागको संयुक्त तत्वावधानमा एक विशेष जागरूकता कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा सहकारी विभाग, उत्तरी क्षेत्रका सहायक शिक्षा अधिकारी सरगम बराइली र को-अपरेटिभ ब्याङ्कका फिल्ड अफिसर शुभम छेत्री विशेष अतिथि रूपमा उपस्थित थिए। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक हरिश कमल लिम्बुले गरेका थिए। कार्यक्रम अवधि विद्यार्थीहरूलाई सहकारीको महत्वका साथै वृक्षारोपणको आवश्यकता विषयमा जानकारी दिइयो। यसै कार्यक्रम अन्तर्गत वृक्ष रोपणको कार्यक्रम सम्पन्न गरिएको थियो भने विद्यार्थीहरूले वृक्ष रोपणमा सक्रिय सहभागिता जनाएका थिए। सहयोगात्मक र शैक्षिक वातावरण सिर्जना गर्न विद्यालयले खुल्ला हाजिरी जवाफ तथा हिज्जे प्रतियोगिता पनि आयोजना गरेको थियो। हाजिरी जवाफ प्रतियोगितामा अनन्त राई प्रथम, गौरव प्रधान दोस्रो र एरोन तामाङ तेस्रो स्थानमा रहे भने हिज्जे प्रतियोगितामा स्वादीप तामाङ प्रथम, रोनित राई दोस्रो र सशांक तामाङ तेस्रो स्थानमा रहे। विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरियो। कार्यक्रमको समापनमा प्रधानाध्यापक लिम्बुले सम्पूर्ण अतिथि, विद्यार्थी र आयोजकलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर रुपमा आयोजना गर्ने प्रतिवद्धता जाहेर गरे भनी जानकारी रूपेश क्षेत्रीले दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ