पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रमोद गिरीलाई

Share this news

तीनधारे, 12 जुलाई (हनोक): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट पत्रकारिता क्षेत्रमा प्रदान गरिने पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रमोद गिरीलाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको घोषणा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा र यसै विभागको सह निर्देशक भानुकान्त घिसिङले पत्रकार सम्मेलनमार्फत् घोषणा गरेका छन्। जीटीएले पत्रकारिता क्षेत्रमा आदि पत्रकार एवं ’गोर्खे खबर कागत्’ का सम्पादक पाद्री गङ्गाप्रसाद प्रधानको स्मृतिमा प्रत्येक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्दै आईरहेको छ। उक्त पुरस्कार यसपाली लामो समयदेखि पत्रकारिता क्षेत्रमा कार्य गर्दै आईरहेका मूल रुपमा तीनधारे निवासी एंव हाल सिलगढीका वरिष्ठ प्रमोद गिरीलाई प्रदान गरिने भएको छ। जीटीएको तर्फबाट 2014 देखि अन्य पुरस्कारहरुसितै पत्रकारितामा पनि भानु पुरस्कार पत्रकारिता पुरस्कार प्रदान गर्दै आईरहेको थियो जसमा पहिलो पुरस्कार खरसाङका वरिष्ठ पत्रकार केशव प्रधानलाई प्रदान गरिएको थियो। त्यसपछि वरिष्ठ पत्रकार डीपी शर्मालाई प्रदान गरिएको थियो। त्यसरी नै 2021 देखि भने यस पत्रकारिता पुरस्कारलाई आदि पत्रकार एवं ’गोर्खे खबर कागत्’ का सम्पादक पाद्री गङ्गाप्रसाद प्रधानको स्मृतिमा प्रदान गरिन शुरु गरिएको छ। आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कारको रुपमा पहिलोपल्ट दार्जिलिङका वरिष्ठ पत्रकार गिदोन लेप्चालाई प्रदान गरिएको थियो। त्यसरी नै पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जोयल राई (हाल दिल्ल), दार्जिलिङका वरिष्ठ पत्रकार मोहन लामा र खरसाङका वरिष्ठ पत्रकार सञ्जय प्रधानलाई प्रदान गरिसकेको छ भने यसपाली 2025 को उक्त पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार मूल रुपमा तीनधारे निवासी एंव हाल सिलगढीका वरिष्ठ पत्रकार प्रमोद गिरीलाई प्रदान गरिने घोषणा भएको छ। उक्त पुरस्कारमा नगदराशि 50 हजार रुपियाँ प्रदान गरिन्छ। यो पत्रकारिता पुरस्कार प्रिन्ट मिडिया हुँदै विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिने पत्रकारहरुलाई प्रदान गर्ने गरिन्छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान