दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

Share this news

दार्जीलिङ,12 जुलाई(निसं): 211औं भानु जयन्तीको दुईदिन अधि सप्ताहको अन्तिम दिन आज यहाँको प्रतिष्ठित शैक्षिक संस्थान सेन्ट रोबर्टस् हायर सेकेण्डरी स्कुलले एक साधारण कार्यक्रमका साथ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती पालन गरयो भनी सह शिक्षक तथा मिडिया प्रभारी सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् जानकारी दिएका छन्। राईले बताए अनुसार, विद्यालयको नेपाली अकादमीद्वारा आयोजित यस कार्यक्रममा विशेष रूपले विभिन्न साजवाजको साथमा पाँचौंदेखि बाह्रौँ कक्षासम्मका जम्मा 40 जना विद्यार्थीले संगीतमय शैलीमा एकसाथ रामायण पाठ गरेर सबैलाई मन्त्रमुग्ध बनाए  । यसबाहेक दश जना विद्यार्थी कविले केही स्वरचित र भानुभक्त आचार्यका एकाध लोकप्रिय फुटकर कविताहरु वाचन गरे। कक्षा नवौं (सी)- का विद्यार्थी अभिमन्यू सिंह र कक्षा एघारौँ (कला)- का विद्यार्थी हेमन्त छेत्रीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा सह- शिक्षक तथा नेपाली अकादमी संयोजक जोगेन दर्नालले स्वागत सम्बोधन गरे। यसका साथै आजको कार्यक्रम अरु वर्षहरुमा भन्दा राम्रो भएको र यसलाई अझ वैभवशाली बनाएर लानुपर्नेमा जोड़ दिँदै प्रधान अध्यापक रेभरेन फादर माईकल सिंहले सम्पूर्ण विद्यालय परिवारलाई 211औं भानुजयन्तीको बधाई शुभकामना व्यक्त गरे।  उल्लेखनीय छ,  यस विद्यालयले शैक्षिक क्रियाकलाप संगै भाषा साहित्य र सुगम संगीत क्षेत्रमा पनि विद्यार्थीहरूलाई समेटेर प्रत्येक पर्व उत्सवमा कुनै न कुनै कार्यक्रम गरिरहेको छ। त्यसै उत्सवको एक भागको रूपमा विद्यालयको शैक्षिक प्रणालीलाई ध्यानमा राखेर आज दुईदिन अगाडि नै भानुजयन्ती पालन गरिएको जानकारी सह शिक्षक तथा मिडिया प्रभारी सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् दिएका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ