दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

Share this news

दार्जीलिङ,12 जुलाई(निसं): 211औं भानु जयन्तीको दुईदिन अधि सप्ताहको अन्तिम दिन आज यहाँको प्रतिष्ठित शैक्षिक संस्थान सेन्ट रोबर्टस् हायर सेकेण्डरी स्कुलले एक साधारण कार्यक्रमका साथ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती पालन गरयो भनी सह शिक्षक तथा मिडिया प्रभारी सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् जानकारी दिएका छन्। राईले बताए अनुसार, विद्यालयको नेपाली अकादमीद्वारा आयोजित यस कार्यक्रममा विशेष रूपले विभिन्न साजवाजको साथमा पाँचौंदेखि बाह्रौँ कक्षासम्मका जम्मा 40 जना विद्यार्थीले संगीतमय शैलीमा एकसाथ रामायण पाठ गरेर सबैलाई मन्त्रमुग्ध बनाए  । यसबाहेक दश जना विद्यार्थी कविले केही स्वरचित र भानुभक्त आचार्यका एकाध लोकप्रिय फुटकर कविताहरु वाचन गरे। कक्षा नवौं (सी)- का विद्यार्थी अभिमन्यू सिंह र कक्षा एघारौँ (कला)- का विद्यार्थी हेमन्त छेत्रीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा सह- शिक्षक तथा नेपाली अकादमी संयोजक जोगेन दर्नालले स्वागत सम्बोधन गरे। यसका साथै आजको कार्यक्रम अरु वर्षहरुमा भन्दा राम्रो भएको र यसलाई अझ वैभवशाली बनाएर लानुपर्नेमा जोड़ दिँदै प्रधान अध्यापक रेभरेन फादर माईकल सिंहले सम्पूर्ण विद्यालय परिवारलाई 211औं भानुजयन्तीको बधाई शुभकामना व्यक्त गरे।  उल्लेखनीय छ,  यस विद्यालयले शैक्षिक क्रियाकलाप संगै भाषा साहित्य र सुगम संगीत क्षेत्रमा पनि विद्यार्थीहरूलाई समेटेर प्रत्येक पर्व उत्सवमा कुनै न कुनै कार्यक्रम गरिरहेको छ। त्यसै उत्सवको एक भागको रूपमा विद्यालयको शैक्षिक प्रणालीलाई ध्यानमा राखेर आज दुईदिन अगाडि नै भानुजयन्ती पालन गरिएको जानकारी सह शिक्षक तथा मिडिया प्रभारी सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् दिएका छन्।


Share this news
आजको रोजाइ
पंखाबारी भानुभक्त पुस्तकालयमा भानु जयन्ती पालन

पंखाबारी भानुभक्त पुस्तकालयमा भानु जयन्ती पालन

खरसाङमा 212 औँ भानु जयन्ती समारोहमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न

खरसाङमा 212 औँ भानु जयन्ती समारोहमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न

आईजीजेएफ पार्टीद्वारा डिजास्टर म्यानेजमेन्ट कमिटी गठन

आईजीजेएफ पार्टीद्वारा डिजास्टर म्यानेजमेन्ट कमिटी गठन

शहरको कतिपय ठाउँमा दोकान-पाट पुन: बाटो ओगेटेर

शहरको कतिपय ठाउँमा दोकान-पाट पुन: बाटो ओगेटेर

दिपेन खवासद्वारा मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 मा अंशग्रहण

दिपेन खवासद्वारा मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 मा अंशग्रहण

खरसाङ सुपर लीग 2025 मा युकेएफसी र खरसाङ स्पोर्टिङ क्लब विजय

खरसाङ सुपर लीग 2025 मा युकेएफसी र खरसाङ स्पोर्टिङ क्लब विजय

आदिकवि भानुभक्त आचार्य र भानु जयन्ती

आदिकवि भानुभक्त आचार्य र भानु जयन्ती

तीनधारेमा सिनियर सिटिजन कप क्यारम प्रतियोगिता शुरू

तीनधारेमा सिनियर सिटिजन कप क्यारम प्रतियोगिता शुरू

मकैबारीमा भागोप्रमो समर्थित श्रमिक संगठनले श्रमिकको हितमा धेरै कार्य गरिरहेको मण्डल छेत्रीको दावी

मकैबारीमा भागोप्रमो समर्थित श्रमिक संगठनले श्रमिकको हितमा धेरै कार्य गरिरहेको मण्डल छेत्रीको दावी

आशारिका फाउण्डेशनद्वारा मृगौला रोगी अनिकेत लिम्बुलाई आर्थिक सहयोग प्रदान

आशारिका फाउण्डेशनद्वारा मृगौला रोगी अनिकेत लिम्बुलाई आर्थिक सहयोग प्रदान

आजको रोजाइ