गायक अनिल फागोको गजल सार्वजनिक

Share this news

मजुवा, 12 जुलाई(निसं):आफ्नै चेलाद्वारा चडाएका उपहार स्वरूप अनिल फागोको गजल सार्वजनिक गरिएको छ। सुरभि कला केन्द्र परिसरमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा गीतकार, साहित्यकार आचर्य प्रभा अनि विशिष्ठ अतिथिहरूमा गायक रविन कन्दङ्वा लगायत अन्य विशिष्टजनको उपस्थितिमा आफ्नै चेलाद्वारा गुरूको जन्मदिनमा उपहार स्वरूप अनिल फागोलाई चडाएको गजललाई संगीतबद्ध गरिएको अनि आफ्नै स्वरमा अनिल फागो  गजलको सार्वजनिक भएको हो। यस गजलको शब्द चर्चित उपन्यासकार कृष्ण अविरलको हो भने उक्त गजलको म्युजिक एरेञ्जर उज्वल सागरले गरेका हुन्। उक्त गजल म्युजिक भिडियो सार्वजनिक सम्बन्धमा फागोले बताए अनुसार, गत 2011 सालको कुरो हो,जतिबेला किशोर अवस्थाका उज्वल सागर, मेनुका पौडेलहरू म संग संगीत सिक्दै थिए, त्यो बेला कक्षामा समय समयमा म मेरो संगीतबद्ध सृजनाहरू उनीहरूलाई सुनाउने गर्थे, ती मध्ये मेरो एउटा सृजना उज्वल सागरले कण्ठस्थ गरेर  14 बर्षपछि स्वयंले एरेञ्ज गरी मेरो जन्म दिनमा, जन्मदिनको आश्चर्यजनक उपहारको रूपमा पठाए छन्। उनले चडाएका उक्त गुरू दक्षिणा जन्मदिनको उपहारप्रति आफु सन्तुष्ट रहेको तथा यो उपहार पाउदा अवाक् भएँ, खुशी पनि लाग्यो। त्यसपछि यसलाई हामीले रेकर्ड गर्‍यौ र बिहीबार  गुरू पुर्णिमाको अवसरमा प्रज्वल सागरले यो म्युजिक भिडियोलाई गुरू भेट स्वरूप सम्पूर्ण श्रोताको निम्ति सुम्पेको उनले बताए।
 स्मरण रहोस, अनिल फागो गत केही वर्षदेखि दमक नेपालमा सुरभि कला केन्द्र संगीत विद्यालय सञ्चालन गर्दै संगीत प्रशिक्षकको कार्यमा अनुशासित गुरूको भूमिका निर्वाह गर्दै आइरहेका छन्। उनी रेलिङ क्षेत्रका एक उदयमान युवा गायक,संगीतकार हुन उनले दर्जनौं गीत,संगीतको सृजना गरेर रेकर्डिङ गरिसकेका छन्। सुरभि कला केन्द्र दमक नेपालका विद्यार्थीहरूद्वारा गुरू दिवसको रूपमा आयोजित सङ्गीतमय कार्यक्रममा सार्वजनिक  जीन्दगानी कर्कलाको-गजल अनिल फागो क्रिएशन युट्युबमा उपलब्ध छ, जहाँबाट उक्त गजल सुन्न सकिने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ