स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

Share this news

दाजीलिङ, 12 जुलाई (निस): गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङको आयोजनामा 61औं वार्षिक नेपाली संगीत प्रतियोगिता स्वर-श्री-2025 सम्पत्र हुनगइरहेको जानकारी गोर्खा दुःख निवारक सम्मेलनले गराएको छ। सम्मेलनको जानकारी अनुसार, यस स्वर-श्री प्रतियोगिताको निम्ति फारमहरू धमाधम वितरण भइरहेको छ। आगामी 4 अगस्तसम्म फारम वितरण गरिनेछ त्यही दिन फारम बुझाउने अन्तिम दिन पनि हो। स्वरपरीक्षण (अडिशन) आगामी 9 अनि 10 अगस्तको दिन सम्मेलनको पुस्तकालय कक्षमा बिहान 10 बजीदेखि राखिएकोछ । स्वर परीक्षाबाट उतिर्ण हुने प्रतियोगीहरूलाई फाईनल राउण्ड अधि एक महिनाको प्रशिक्षण दिइनेछ। उक्त अवसरमा प्रतियोगीहरूले गीत गाउनदेखि सगीत सम्बन्धी पनि ज्ञान हासिल गर्नेछन्। यसको निम्ति सम्मेलनले प्रसिद्ध गायक-गायिका सगीतकारको सहयोग लिनेछ। सेमिफाइनल अनि फाईनल राउण्डमा प्रतियोगीहरूले चारवटा गीतहरू  मौलिक गीत, रिकर्ड भएको कुनै पनि आधुनिक/पप गीत, युगल गीत अनि ठेट लोक गीत गाउन पर्नेछ । सेमी फाईनल राउण्ड आगामी 18 अनि 19 सेप्टेम्बर अनि फाइनल आगामी 21 सेप्टेम्बरको दिन राखिएको छ। विजेता प्रतियोगीहरूले नगद पुरस्कारसंगै सुदर ट्फी, उपहारहरू प्रमाण-पत्र प्रदान गरिने छ। यो प्रतियोगीताले नेपाली संगीत संसारमा सुनौलो इतिहास बनाइसकेको छ। भविष्यमा पनि हाम्रा नवप्रतिभाहरूलाई लगातार रूपमा उत्साह प्रदान गर्न अनि सक्षम बनाउनको निम्ति नेपाली संगीत प्रतियोगीतालाई निस्तरता दिन सम्मेलन कटिबद्ध रहेको सम्मेलनले जानकारी गराएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ