जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

Share this news

खरसाङ, 11 जुलाई (निसं):अ खरसाङको पुरानो प्लाजा सिनेमा हल उकालो डुमारामको बाटोमा एक महिला लड़ेर घाइते भएकी छन्। बाटोको अवस्था जीर्ण रहेकोले बाटोमा रहेको खाल्डामा झुक्किएर खुट्टा पस्दा उक्त महिला लड़िन् अनि घाइते बनिन्। महिलाको नली खुट्टाको हड्डी मासु छेड़ेर बाहिर निस्किएको छ। तिनलाई स्थानीय मानिसहरूको सहयोगमा उठाएर खरसाङ महकुमा अस्पताल ल्याइएको थियो। अस्पतालमा डाक्टहरूले जाँज गरेर प्राथमिक उपचारपछि टेकवीर बस्ती निवासी घाइते महिला शिशिला जर्जलाई उत्तर बंगाल मेडिकल कलेज अनि अस्पताल रेफर गरिएको छ। स्थानीय मानिसहरूले डुमारामको उक्त बाटो धेरै अघिदेखि जीर्ण रहेको र यस विषयमा नगरपालिकालाई जनाइएको बताउदै यस स्थानमा धेरै मानिस लड़िसकेको र यस पल्ट उक्त महिला लड़ेर गम्भीर घाइते बनेको बताएका छन्। स्थानीयहरूले जनसाधरणको सुरक्षाको निम्ति बाटोको मरमति गर्न पर्ने पनि माग गरेका छन्।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा