Kavita - email to our brother

कविता- हाम्रा भानुलाई ईमेल

Share this news

हाम्रा भानुलाई ईमेल

— अलोक खवास, कदमतला, सिलगढी

चिट्ठी होइन भानुलाई म ईमेल गरिरहेछु
21औं शताब्दीका गोर्खाहरुको अवस्था
छोटकरीमा यहाँ म राखिरहेछु।
हे मेरा प्यारा भानु,
खै कसरी आफ्नो कुरा राखुँ !
जातिको त झन् यहाँ के नै कुरा गरुँ !
हजुरले दिनु भएको रामायणसँग म अति नै प्रेरित छु,
तर नेपाली समाज शक्तिको कुरा गर्दा म निःशब्द छु।
हाम्रो समाज अर्कै हावामा अत्याधिक रंगिएको छ,
आफ्नु संस्कृतिभन्दा बडी अरुको नै अप्नाउने गर्छ।
मातृ भाषाको यहाँ अवहेलना भइरहेको छ,
त्यसैले हे मेरा प्यारा भानु,
तिमीले समय निकाली हामीमाझ आउनु छ,
गोर्खेहरूलाई भाषा, साहित्य र संस्कृति सिकाउनु छ।
सारा संसारमा वीर गोर्खा भनेर चिनिने
निडर, निःस्वार्थ अनि दयालु हो गोर्खे सन्तानलाई
तिमी आएर एकताको मन्त्र सिकाउनु छ।
भानु यहाँ तिमी फेरि पनि जन्मिनु पर्नेछ
जातिको विकासमा तिमीले नयाँ आशा जगाउनु छ,
फेरि पनि घर-घर पसेर भाषा सिकाउनु पर्छ,
पारसमणि, अगमसिंह, इन्द्रबहादुर, लक्कीदेवी जस्ता
तिम्रा अनुयायीहरूलाई फेरि जन्माउनु पर्छ,
उनीहरूको माध्यमबाट भाषाको चेतना जगाउनु पर्छ।।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न