Kavita - email to our brother
Kavita - email to our brother

कविता- हाम्रा भानुलाई ईमेल

Share this news

हाम्रा भानुलाई ईमेल

— अलोक खवास, कदमतला, सिलगढी

चिट्ठी होइन भानुलाई म ईमेल गरिरहेछु
21औं शताब्दीका गोर्खाहरुको अवस्था
छोटकरीमा यहाँ म राखिरहेछु।
हे मेरा प्यारा भानु,
खै कसरी आफ्नो कुरा राखुँ !
जातिको त झन् यहाँ के नै कुरा गरुँ !
हजुरले दिनु भएको रामायणसँग म अति नै प्रेरित छु,
तर नेपाली समाज शक्तिको कुरा गर्दा म निःशब्द छु।
हाम्रो समाज अर्कै हावामा अत्याधिक रंगिएको छ,
आफ्नु संस्कृतिभन्दा बडी अरुको नै अप्नाउने गर्छ।
मातृ भाषाको यहाँ अवहेलना भइरहेको छ,
त्यसैले हे मेरा प्यारा भानु,
तिमीले समय निकाली हामीमाझ आउनु छ,
गोर्खेहरूलाई भाषा, साहित्य र संस्कृति सिकाउनु छ।
सारा संसारमा वीर गोर्खा भनेर चिनिने
निडर, निःस्वार्थ अनि दयालु हो गोर्खे सन्तानलाई
तिमी आएर एकताको मन्त्र सिकाउनु छ।
भानु यहाँ तिमी फेरि पनि जन्मिनु पर्नेछ
जातिको विकासमा तिमीले नयाँ आशा जगाउनु छ,
फेरि पनि घर-घर पसेर भाषा सिकाउनु पर्छ,
पारसमणि, अगमसिंह, इन्द्रबहादुर, लक्कीदेवी जस्ता
तिम्रा अनुयायीहरूलाई फेरि जन्माउनु पर्छ,
उनीहरूको माध्यमबाट भाषाको चेतना जगाउनु पर्छ।।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड