प्लास्टिक मुक्त परिवेश माथि सचेतता कार्यक्रम 

Share this news

पेशोक, 11 जुलाई(निसं):सिंग्रीतामको पण्डित जवाहरलाल नेहरु मेमोरियल विद्यालयमा प्लास्टिक मुक्त परिवेश माथि सचेतता कार्यक्रम गरियो।
प्लास्टिक मुक्त परिवेश सृजनाबारे हिजो तक्दाह-ग्लेनबर्न समष्टि अधिनस्थ रहेको सिंग्रीताम स्थित पण्डित जवाहरलाल नेहरु स्मारक विद्यालयका विद्यार्थीहरुलाई लिएर सचेतना कार्यक्रम सम्पन्न गरिएको सिंग्रीताम ग्राम पञ्चायत सदस्य धिरज राईले जानकारी गराएका छन् ।राईले बताएका छन्, अहिले  क्षेत्रभरी प्लास्टिक समस्या एक गम्भीर समस्याको रुपमा अघि आएको सर्व विदितै छ् भने प्लास्टिक जन्य वस्तुले पारेको प्रतिकूल प्रभाव देखि अनभिज्ञ पनि छैन। अहिले जता ततै देख्न पाईने प्लास्टिकका थैलीहरु, प्लास्टिक बन्द खाद्य सामाग्रीका खोलहरुलाई जताततै नफ्याक्ने अनि त्यसलाई संग्रह गरिने बारे सचेतना गरिने कार्य भईरहेको छ् । त्यसै परिप्रेक्षमा हिजो रंगली-रंगलीयट खण्ड भीवीडी समितिका महासचिव नयन गुरुङले विद्यार्थीहरुलाई आफ्नो क्षेत्रहरु प्लास्टिक मुक्त राख्न के कस्ता पाईला लिइनु पर्ने भन्ने बारे अवगत गराउदै प्रकाश पारे भने वार्ड सदस्य धिरज राईले ग्राम पञ्चायतको सक्रियतामा अहिले क्षेत्रलाई प्लास्टिक मुक्त परिवेश बनाउने कदम चालिएको छ् जसमा विद्यार्थीहरु पनि यस बिषयमा सचेत होस् भन्ने अभिप्रायले यो सचेतता कार्यक्रम आयोजन गरिएको  जानकारी गराए। प्लास्टिक मुक्त परिवेश कसरी बनाउने अनि प्लास्टिक प्रयोग माथि न्यूनता कसरी ल्याउन सकिन्छ भन्ने बारे जनाइएको थियो। उक्त अवसरमा भिविडी सुपरभाईजर रविन्द्र राना , सिंग्रीताम ग्राम पञ्चायतका भिविडि प्लास्टिक संग्रहकर्ता, पण्डित जवाहरलाल नेहरु स्मारक विद्यालयका शिक्षक-शिक्षिकावर्ग, विद्यार्थीवर्ग, आदिको विशेष उपस्थिति रहेको थियो भनी ग्राम पञ्चायत वार्ड सदस्य धिरज राईले थप जनाएका छन्।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न