मैले घाँसीबाट प्रेरणा पाएको हुँः क्रिस्पियन छेत्री

Share this news

खरसाङ, 9 जुलाई (निसं)ः म आदि कवि भानुभक्तको कविताको घाँसीबाट प्रेरित बनेको हुँ, जन्म घाँसतिर मन दिइ धन कमायो भन्ने कविताबाट विद्यालयमा शिक्षक प्रेम थापा सरले यो परीक्षामा आउँछ है भनेर रट्न लगाउथे। भानु भक्तको यो कविता रटेर नै मैले केही गर्ने अठोट गरेको हो भन्न पर्छ भनी भारतको राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पियन छेत्रीले उक्त मन्तव्य प्रकट गरेका हुन्। तिनले खरसाङ फुटबल एसिसेशनद्वारा यहाँको टुरिष्ट लजमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै अघि भने, खरसाङ फुटबल क्लब विशेष फुटबल खेललाई अघि बढ़ाउनको निम्ति गठन गरेका हौँ। हामीले सिनयरलाई भन्दा जुनियरहरूलाई प्राथमिकता दिने उद्देश्य राखेका थियौँ। आज एसोसिएशनहरू त थुप्रै छन् तर हामीले फुटबलको निम्ति केही गरेका छैनौँ। अहिले भरखर शुरुवात भएको छ, विशेष गोर्खे चेली शुरु गरेर फुटबल खेललाई अघि लैजानको निम्ति कार्य आरम्भ भइरहेको छ। वर्तमानमा खरसाङ फुटबल एसोसिएशन चलाइरहेका अग्रजहरूले हामी फुटबल खेल्दा सहयोग गर्ने गर्थे अहिले उनीहरूले एसोसिएशन चलाइरहेका छन्। छेत्रीले अघि भने, मान्छे भएपछि सपना देख्नु महत्वपूर्ण कुरो रहेछ। मलाई अग्रजहरूले फुटबलको क्षेत्रमा लगे, मैले प्रोत्साहित भएर यो पथ चयन गरे। खेलकुदको क्षेत्रमा असफलता भन्ने कुरो हुँदैन, रोनाल्डोले कुनै विश्‍वकप जितेनन् तर तिनी असफल खेलाड़ी होइनन्। स्पोर्ट्सले असफलता स्वीकार गर्न सिकाउछ, हामीले सिक्दै जान पर्छ असफलताहरूको सामना गर्दै जान पर्छ। असफलताले हामीलाई कसरी अघि बढ़नु पर्छ भन्ने सिकाउछ। हामी जहिले पनि अघिको सोचेर हिँड़न पर्छ। हामी गोर्खे हार्न डराउदैनौँ, हामी जे भए पनि संघर्ष गरेर अघि बढ़छौँ। मैले पनि हार्नु डराइन, सकारात्मक सोच आफूमा ल्याएँ। मलाई जब प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइयो त्यस समय मैले मलाई यस्ता खेलाड़ीहरू चाहिन्छ, जो मेरो देशको निम्ति खेल्न आतुर होस, नाम र प्रशिद्धिको निम्ति होइन भने। मैले नयाँ युवा खेलाड़ीहरूलाई लिएर शुरु गरेँ। हामीले जोर्डन, कोरिया र रुससित मैत्रीपूर्ण खेलहरू खेल्यौँ, जोर्डनलाई त हामीले हराउयौँ। हामी एएफसी खेल्न जाँदैछौँ तर अझ पनि कोरिया, रुसलाई जित्छौँ भनेर नसोच्दा हुन्छ। महिला फुटबलले गर्दा अहिले देशमा फुटबलप्रति सकारात्मक सोच बनेको छ। एएफसीमा जम्मा 12 वटा टीम क्वालिफाइ भएका छन्। यी टीमहरूलाई 4-4 वटा टीममा भाग गरेर खेलाइनेछ, यस टुर्नामेन्टका उत्कृष्ट 2 टीमले विश्‍वकपको निम्ति क्वालिफाई गर्नेछन्, यो ठूलो मैका हो। हामीमाथि गतिलो चुनौती छ। हामीले जापान, कोरियासित खेल्दैछौँ। यसबाट हामीले धेरै कुरो सिक्नेछौँ। यसको नजिता तत्कालन नदेखिए तापनि आगमी समयमा अवश्यै देखिने छ। आगामी दिनमा हामी विश्‍व कपको निम्ति क्वालिफाई गर्छौँ होला र यही मेरो सपना पनि छ। हिरने त्रिखत्रीले सञ्चालन गरेका यस कार्यक्रममा खरसाङ फुटबल एसिसिएशनका अध्यक्ष नर्बू शेर्पाले स्वागत वक्तव्य राखेका थिए। कार्यक्रममा क्रिस्पियन छेत्रीलाई खदा लगाएर फूलको गुच्छा, फूलको गमला प्रदान गरेर एसोसिएशनका अध्यक्ष नर्बू शेर्पा, सचिव सुदीप राई अनि अन्यान्यको बाहुलीबाट सम्मान जनाइएको थियो। यस कार्यक्रममा जीटीएका मुख्य कार्यपाल अनित थापा पनि उपस्थित रहेर क्रिस्पियन छेत्रीलाई खदा लगाएर सम्मान जनाए अनि बधाई र शुभकामना दिए। तिनले छेत्रीसित केही समय कुराकानी पनि गरे। कार्यक्रममा दिल्ली विश्‍वविद्यालयका प्राध्यपक एवं पूर्व फुटबल खेलाड़ी डा. विनु सुन्दास, टाइम्स अफ इण्डियाका पूर्व सम्पादक केशव प्रधान, कञ्चनजङ्घा फुटबल क्लबका मुख्य प्रशिक्षक एवं पूर्व फुटबल खेलाड़ी दिन्कर छेत्रीले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा एसोसिएशनका सचिव सुदीप राईले जीटीए मुख्य कार्यपाल अनित थापा, खरसाङ टुरिष्ट लजका म्यानेजर प्रवीण प्रधान, सन्त एन्थोनीस स्कूलका प्रिन्सिपल चेतन तिवारी, मिडिया कर्मीहरू सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ