लायन्स क्लब खरसाङद्वारा रक्त संग्रह कार्यक्रमको आयोजन

Share this news

खरसाङ, 9 जुलाई (मोहन प्रसाद)ः लायन्स क्लब खरसाङद्वारा विभिन्न सामाजिक कार्यलाई अघि बढ़ाउँदै खरसाङको एउटा टीम दार्जीलिङस्थित जोरबंगलो पुगेर रक्तदान शिविरको आयोजना गरेको छ। खरसाङमा पत्रकारहरूसित बोल्दै, लायन्स क्लब अफ खरसाङका वरिष्ठ प्रतिनिधि साथै सचिव आयुष गुप्ताले जनाए अनुसार, लायन्स क्लब खरसाङले जोरबंगलो ट्राफिक पुलिस अनि लायन्स क्लब दार्जीलिङका सदस्यहरूको सहयोगमा दार्जीलिङ महकुमा अन्तर्गत रहेको जोरबंगलोको टाईगर हिल रोड सार्वजनिक भवनमा एउटा रक्तदान शशिविरको आयोजना गर्‍यो। यस अवधि रक्तदानको निम्ति क्षेत्रका धेरै मानिसहरू उत्साहित बनेर रक्तदानको निम्ति आएका थिए। उक्त शिविरमा मोठ 44 यूनिट रक्त संग्रह गरिएको सचिव गुप्ताले जनाएका छन्। तिनले थप जनाए अनुसार, संग्रह गरिएको रगत लायन्स तराई ब्लड सेन्टर सिलगढ़ीमा पठाइएको छ। उक्त रक्तदान शिविरको अध्यक्षता नवीन अग्रवालले गरेका थिए भने लायन्स क्लब खरसाङका अध्यक्ष विवेक गोयल, सचिव आयुष गुप्ता संगै जोरबंगला ट्राफिक पुलिसका प्रतिनिधि, दार्जीलिङ लायन्स क्लबका प्रतिनिधिहरूको पनि उक्त कार्यक्रममा विशेष सहभागिता रहेको थियो। गुप्ताले बताए अनुसार, गत केहि महिना अघि पनि लायन्स क्लब खरसाङद्वारा कतिपय संगठनहरूको सहयोगमा रक्तदान शिविरको आयोजना गरिएको थियो भने आउँदो दिनहरूमा पनि क्लबद्वारा जनहितमा अन्य विभिन्न सेवा कार्यहरूलाई अघि बढ़ाइन्दै लगिनेछ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ