हितकारी सम्मेलन छोटा पुबोङ शाखाको द्वयबार्षीक अधिवेशन 

Share this news

दार्जीलिङ, 9 जुलाई(निसं): नयाँ पिँढीहरुलाई आफ्नो संस्कार-सस्कृती लगायतको जानकारी गराउने संगै लोपोन्मुख जातीय परम्पराहरुलाई समाजसामु ल्याउने प्रमुख उदेश्यको साथमा खस भारतीय हितकारी सम्मेलन छोटा पुबोङ शाखाको द्वयबार्षिक अधिवेशन आइतबार सम्पन्न गरियो। सुकियापोखरी जोरबङलो खण्ड अधिनस्त छोटा पुबोङ स्थित छेत्री गाउँ प्राथमिक पाठशाला भवनमा आयोजित कार्यक्रममा खस भारतीय हितकारी सम्मेलन केन्द्रिय समिति सदस्य शिव प्रसाद मैनाली प्रमुख अथितिको रूपमा उपस्थित थिए भने उनीवाहेक दार्जिलिङ अन्चलिक समितिका महासचिव तिलक छेत्री, सह सचीव कृष्ण प्रसाद शर्मा, आन्चलिक सदस्य रामजी शर्मा लगायत शाखाका सम्पुर्ण कार्यकारी सगै शाखाभरका सर्वसाधारण सदस्यहरुको बिशेश उपस्थित थियो। शाखा सदस्य सुरेन्द्र कुमार निरौलाको अध्यक्षता तथा शाखा सभापति छत्रसिह निरौलाले संचालन गरेको कार्यक्रममा शाखाको स्थापनाको समयमा प्रमुख भुमिका निभाउने दिवागत सदस्यका परिवारहरु सगै हालसम्म अतुलनीय योगदान पुर्याउने सदस्यहरु क्रमैले बम्बे कटुवाल, तिजे कार्की तथा जीवन छेत्रीलाई सम्मान जनाइयो भने कार्यक्रममा थप मनोरञ्जन प्रदान गर्न जातीय नाच सगिनी लगायत विविध साकृतिक कार्यक्रम समेतको आयोजना गरियो।
यसको साथै कार्यक्रममा हालसम्मको आयव्ययको हरहिसाब शाखा कोषाध्यक्ष करुण निरौलाले प्रस्तुत गरे भने स्थापना कालदेखि हालसम्ममा पहिलोपटक यसरी सामुहिक कार्यक्रमको साथमा अधिवेशन गरेकोमा उनले हर्ष व्यक्त गरे। यस्तै कार्यक्रमको माध्यमबाट स्थापना कालको जटिल समयमा सगठनलाई काध हाल्नेहरुलाई स्मरण गर्दै उनीहरूको परिवारलाई सम्मान गर्ने पाउदा हर्ष लागेको शाखा सचीव निरज शर्माले बताए भने उपस्थिति सबैलाई उपस्थितिको निम्ति आभार प्रकट गरे। अर्कोतिर केन्द्रिय तथा आन्चलिक समितिले सगठनको निम्ति हालसम्म गरिरहेको कामहरूको लेखाजोखा आन्चलिक सचीव तिलक छेत्रीले राख्दै सगठनबाट के पाउछु भन्ने सोचमा नरहेर के दिनसक्छु भन्ने सोचाइमा अधि आउनुपर्ने सुझाव राखे । जनजातिको मुद्दाबारेमा सगठनले गरिएको कार्यहरूबारेमा जनाउदै आवस्यक दस्ताबेजहरु ठेलीका ठेली पठाएको तथा समय समयमा विभागीय भ्रमणहरु गरिएकोले खसहरुले जनजाति पाउनेमा आफुहरु निक्कै आशावादी रहेको बताउदै केन्द्र सरकारले यसबारेमा काम गर्नुपर्ने छेत्रीले बताए।
स्मरण रहोस् खस भारतीय हितकारी सगठन छोटा पुबोङ शाखा दार्जिलिङ आन्चलिक समितिको पुरानो शाखा मध्येका एक शाखा हो भने यस शाखाले खस जातीको निम्ति विविध कार्यहरु गर्दै आएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ