रेलिङमा भुस्या कुकुरहरूलाई गरे नसबन्दी

Share this news

रेलिङ, 9 जुलाई (निसं): लामो समयदेखि रेलिङ बिहिबारे बजारमा भुस्याह कुकुरहरूको बढदो रगरगी तथा बढदो जनसंख्याले मानिसहरूलाई हैरान बनाईरहेको थियोे। यसै क्रममा आज दार्जीलिङ पुलबजार खण्ड प्राणी सम्पदा विकास विभाग, बिजनबारीको पहलमा तथा रेलिङ बिहिबारे, गाउँ विकास समाजको सक्रियतामा पशु जन्म नियन्त्रण तथा कुकुरहरूको नसबन्दी शिविरको आयोजना गर्‍यो। शिविरमा घर पालतु साथै भुस्याह दुवै डागो अनि छाउरी कुकुरहरूलाई खोजीखोजी लिएर नसबन्दी गरेको छ।
स्थानीय रेलिङ स्थित सार्वजनिक भवनमा भएको शिविरमा पशु आश्रय लेबुङबाट डा.रिगेल लामा अनि उनका टोली आएका थिए भने एमभीसी अधिकारी  डा.साङ्गे चोनी लामा, एमभीसी कर्मचारी आशिका सुब्बा (पाख्रीन) एलडीए जीवन गुरूङ, मन बहादुर छेत्री अन्यको उपस्थित थिए। यसै शिविरमा रेलिङ ग्राम पञ्चायतको पक्षमा उपप्रधान एनडी राई, गाउँ विकास समाजका सभापति प्रताप थामी लगायत समाजका सदस्यगणको विषेश उपस्थिति रहेको थियोे । शिविरबारे डा.रिगेल लामाले बोल्दै भने, क्षेत्रमा भएका भुस्याह कुकुरहरूको बढदो जनसङ्ख्या वृद्धि  रोग लगाउन हो, यी भुस्याह कुकुरहरूको जनसंख्या दिन-प्रतिदिन बढेका कारण नै मानिसहरूलाई धेरै खतरा हुँदै गइरहेको छ। बाटोमा हिड्दा विद्यार्थी, बुढापाका मानिसहरूलाई पनि असुरक्षित हुन्छ। किनभने, भुस्याह कुकुरहरूलाई कुनै प्रकारको खोप लगाएको हुँदैन, यदि त्यस कुकुरले मान्छेलाई टोकेको खण्डमा रेबीज रोग सार्न सक्छ भने रेबीजले मान्छेको ज्यान समेत लान सक्छ भनी उनले थप बताएका छन। आफुहरूको लक्ष्य बढदो भुस्याह कुकुरहरूको जनसंख्यामा रोगथाम गराउन अनि यस शिविरमा कुकुरहरूलाई रेबीजको भ्याक्सिन लगाउने कार्य गरिएको हो भनी डा.साङ्गे चोनी लामाले बताइन्। रेबीज जस्ता प्राणघातक रोगबाट बचाउन पनि आजको  शिविर आयोजना गरिएको उनले जनाइन् ।
 आजको शिविर सफल बनाईदिएको भन्दै रेलिङ ग्राम पञ्चायतका उपप्रधान एनडी राई अनि गाउँ विकास समाजका सभापति प्रताप थामीले विभागप्रति आभार प्रकट गरेका छन्।



Share this news
आजको रोजाइ
मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

आजको रोजाइ