रेलिङमा भुस्या कुकुरहरूलाई गरे नसबन्दी

Share this news

रेलिङ, 9 जुलाई (निसं): लामो समयदेखि रेलिङ बिहिबारे बजारमा भुस्याह कुकुरहरूको बढदो रगरगी तथा बढदो जनसंख्याले मानिसहरूलाई हैरान बनाईरहेको थियोे। यसै क्रममा आज दार्जीलिङ पुलबजार खण्ड प्राणी सम्पदा विकास विभाग, बिजनबारीको पहलमा तथा रेलिङ बिहिबारे, गाउँ विकास समाजको सक्रियतामा पशु जन्म नियन्त्रण तथा कुकुरहरूको नसबन्दी शिविरको आयोजना गर्‍यो। शिविरमा घर पालतु साथै भुस्याह दुवै डागो अनि छाउरी कुकुरहरूलाई खोजीखोजी लिएर नसबन्दी गरेको छ।
स्थानीय रेलिङ स्थित सार्वजनिक भवनमा भएको शिविरमा पशु आश्रय लेबुङबाट डा.रिगेल लामा अनि उनका टोली आएका थिए भने एमभीसी अधिकारी  डा.साङ्गे चोनी लामा, एमभीसी कर्मचारी आशिका सुब्बा (पाख्रीन) एलडीए जीवन गुरूङ, मन बहादुर छेत्री अन्यको उपस्थित थिए। यसै शिविरमा रेलिङ ग्राम पञ्चायतको पक्षमा उपप्रधान एनडी राई, गाउँ विकास समाजका सभापति प्रताप थामी लगायत समाजका सदस्यगणको विषेश उपस्थिति रहेको थियोे । शिविरबारे डा.रिगेल लामाले बोल्दै भने, क्षेत्रमा भएका भुस्याह कुकुरहरूको बढदो जनसङ्ख्या वृद्धि  रोग लगाउन हो, यी भुस्याह कुकुरहरूको जनसंख्या दिन-प्रतिदिन बढेका कारण नै मानिसहरूलाई धेरै खतरा हुँदै गइरहेको छ। बाटोमा हिड्दा विद्यार्थी, बुढापाका मानिसहरूलाई पनि असुरक्षित हुन्छ। किनभने, भुस्याह कुकुरहरूलाई कुनै प्रकारको खोप लगाएको हुँदैन, यदि त्यस कुकुरले मान्छेलाई टोकेको खण्डमा रेबीज रोग सार्न सक्छ भने रेबीजले मान्छेको ज्यान समेत लान सक्छ भनी उनले थप बताएका छन। आफुहरूको लक्ष्य बढदो भुस्याह कुकुरहरूको जनसंख्यामा रोगथाम गराउन अनि यस शिविरमा कुकुरहरूलाई रेबीजको भ्याक्सिन लगाउने कार्य गरिएको हो भनी डा.साङ्गे चोनी लामाले बताइन्। रेबीज जस्ता प्राणघातक रोगबाट बचाउन पनि आजको  शिविर आयोजना गरिएको उनले जनाइन् ।
 आजको शिविर सफल बनाईदिएको भन्दै रेलिङ ग्राम पञ्चायतका उपप्रधान एनडी राई अनि गाउँ विकास समाजका सभापति प्रताप थामीले विभागप्रति आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ