खरसाङ महकुमा खेलकूद संघको भ्रमण सम्पन्न

Share this news

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङ महकुमा खेलकूद संघको प्रत्येक वर्ष गरिने भ्रमण यसपाली पनि सम्पन्न भएको छ। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङमा वर्षभरि नै विभिन्न खेलहरु आयोजना गर्ने गर्दछन्। वर्षमा 20-25 वटा खेलहरु आयोजना गर्ने गरेका छन् भने वर्षभरि आयोजना गरिने खेलकूद कार्यक्रमहरुबाट ब्रेक दिलाउन प्रत्येक वर्ष नोभेम्बर दिसम्बर महिनामा सबै पदाधिकारीवर्ग र सदस्यहरुलाई लिएर विभिन्न स्थानहरुमा भ्रमण गराइने गरेका छन्। यसै क्रममा यसपाली जुलाई महिनामा नै यो भ्रमण गराइएको छ। यसपाली खरसाङ महकुमा खेलकूद संघको भ्रमण बाख्रागोठको सेलरोटी पूल अनि तीनधारेको दुई नम्बरस्थित हर्नबील पार्कमा रहेको सचिव निर्मल गुरुङले बताएका छन्। उनले यसपालीको भ्रमण खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन र सचिव निर्मल गुरुङको अगुवाईमा सम्पन्न गरिएको जानकारी गराएका छन्। वर्षभरि विभिन्न खेलकूदहरु आयोजना गरिने गरेकोले सबै सदस्यहरुलाई ब्रेक दिएर यसरी भ्रमण गराएर रिफ्रेस गराइने गरेको पनि सचिव निर्मल गुरुङले जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान