सिक्किमेका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङले कसैलाई पनि हतास नहुने अनुरोध गरेका छन्। उनले एसकेएम सरकारले हरेक सिक्किमेली जनतालाई समानरूपले सबैलाई पालैपालो न्याय दिने बताउँदै धैर्य धारण गर्ने सुझाउ दिएका छन्। उनले, लौरो नभुलेको बताउँदै प्रतिक्रियावादीहरुले कागले कान लग्यो भनेर झुटो कुरा गरे, कान छाम्नु, कागको पछि नलाग्ने सुझाउ दिएका छन्।
