दार्जीलिङ, 8 जुलाई(निसं) मुसलमान समुदायको महत्त्वपूर्ण अनि ठूलो पर्व मोहर्रम दार्जीलिङ पहाडमा पनि भव्य रुपमा पालन गरिरहेको छ।यस मोहर्रम पर्वको नवौं दिनको कार्यक्रममा शनिबार दार्जीलिङको डाक्टर जाकिर हुसेन बस्ती मोहर्रम कमिटीले दार्जीलिङ नगरपालिका जल विभाग इन्पेक्टर किशोर बीकेलाई सम्मान गर्दै मुसलमान समुदायको शीर शोभा साफा पहिराइदिए।दार्जीलिङ शहर नजिक डाक्टर जाकिर हुसेन बस्तीमा भएको कार्यक्रममा किशोर बीकेलाई सम्मान गरिएपछी मुसलमान सुमुदायले दार्जीलिङ शहरवीचमा आयोजित कार्यक्रममा भाग लिएको आयोजक समितिले बताएको छ।
