हिमालयन दर्पणलाई हार्दिक बधाई तथा शुभकामना

Share this news

दार्जीलिङ, 8 जुलाई(निसं): भारतीय गोर्खा समुदायको गौरव, नेपाली भाषाको पत्रकारिताको उज्यालो प्रतिनिधि र नेपाली साहित्य, कला, संस्कृति तथा सामाजिक चेतनाको अमूल्य स्रोतका रूपमा परिचित भारतको पहिलो गोर्खाली/नेपाली रंगीन पत्रिका हिमालयन दर्पणले 24औं बसन्त पार गरेको सुखद क्षणमा सम्पूर्ण सम्पादकीय टोली, सहयोगी, लेखक, पाठक तथा शुभचिन्तकहरूलाई  गोरामुमो(गोर्खा राष्ट्रिय मुक्ति मोर्चा) अध्यक्ष मन घिसिङले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले भनेका छन् , हिमालयन दर्पण पत्रिका मात्र नभई, यो गोर्खा समुदायको पहिचानको आवाज, भावना र चेतनाको प्रतिबिम्ब हो। दुई दशकभन्दा बढीको यो यात्रामा यस पत्रिकाले जुन प्रकारको जिम्मेवारी वहन गर्दै गोर्खा समाजको आवाज बुलन्द बनाउने काम गर्‍यो, त्यो अत्यन्तै प्रशंसायोग्य र ऐतिहासिक छ। वास्तवमा, नेपाली भाषामा स्तरीय रंगीन छपाइमा सामाजिक, साहित्यिक, सांस्कृतिक तथा समसामयिक विषयवस्तुहरूको समेट प्रस्तुत गर्ने यस पत्रिकाले भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। उनले भनेका छन्,हाम्रो समाजका लागि हिमालयन दर्पण एउटा ऐना हो, जसले हाम्रो इतिहास, वर्तमान र भविष्यको झलक देखाउँछ। यस्ता माध्यमहरूले समुदायमा चेतना फैलाउने, नयाँ पुस्तालाई आफ्नो जरा सम्झाउने र साझा आवाजलाई एकताबद्ध गर्ने कार्य गर्छन्।आजको यो विशेष अवसरमा, हिमालयन दर्पण पत्रिकाको अझ प्रगति होस्, अझ सशक्त बनोस् भन्ने कामना गर्दै भविष्यमा पनि यसले सत्य, निष्पक्ष र रचनात्मक पत्रकारिताको माध्यमबाट समाजलाई मार्गदर्शन गरिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं, पत्रकारिता, साहित्य र समाजसेवामा निरन्तर सफलता प्राप्त रहोस्,मन घिसिङले भनेका छन्।

 


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ