हिमालयन दर्पणलाई हार्दिक बधाई तथा शुभकामना

Share this news

दार्जीलिङ, 8 जुलाई(निसं): भारतीय गोर्खा समुदायको गौरव, नेपाली भाषाको पत्रकारिताको उज्यालो प्रतिनिधि र नेपाली साहित्य, कला, संस्कृति तथा सामाजिक चेतनाको अमूल्य स्रोतका रूपमा परिचित भारतको पहिलो गोर्खाली/नेपाली रंगीन पत्रिका हिमालयन दर्पणले 24औं बसन्त पार गरेको सुखद क्षणमा सम्पूर्ण सम्पादकीय टोली, सहयोगी, लेखक, पाठक तथा शुभचिन्तकहरूलाई  गोरामुमो(गोर्खा राष्ट्रिय मुक्ति मोर्चा) अध्यक्ष मन घिसिङले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले भनेका छन् , हिमालयन दर्पण पत्रिका मात्र नभई, यो गोर्खा समुदायको पहिचानको आवाज, भावना र चेतनाको प्रतिबिम्ब हो। दुई दशकभन्दा बढीको यो यात्रामा यस पत्रिकाले जुन प्रकारको जिम्मेवारी वहन गर्दै गोर्खा समाजको आवाज बुलन्द बनाउने काम गर्‍यो, त्यो अत्यन्तै प्रशंसायोग्य र ऐतिहासिक छ। वास्तवमा, नेपाली भाषामा स्तरीय रंगीन छपाइमा सामाजिक, साहित्यिक, सांस्कृतिक तथा समसामयिक विषयवस्तुहरूको समेट प्रस्तुत गर्ने यस पत्रिकाले भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। उनले भनेका छन्,हाम्रो समाजका लागि हिमालयन दर्पण एउटा ऐना हो, जसले हाम्रो इतिहास, वर्तमान र भविष्यको झलक देखाउँछ। यस्ता माध्यमहरूले समुदायमा चेतना फैलाउने, नयाँ पुस्तालाई आफ्नो जरा सम्झाउने र साझा आवाजलाई एकताबद्ध गर्ने कार्य गर्छन्।आजको यो विशेष अवसरमा, हिमालयन दर्पण पत्रिकाको अझ प्रगति होस्, अझ सशक्त बनोस् भन्ने कामना गर्दै भविष्यमा पनि यसले सत्य, निष्पक्ष र रचनात्मक पत्रकारिताको माध्यमबाट समाजलाई मार्गदर्शन गरिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं, पत्रकारिता, साहित्य र समाजसेवामा निरन्तर सफलता प्राप्त रहोस्,मन घिसिङले भनेका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ