ठेकादार वा एजेन्सी-लाई मात्रै फायदा होइन जनतालाई फायदा पुग्नुपर्छ : भाजपा

Share this news

बिजनबारी, 8 जुलाई(निसं): भाजपा(भारतीय जनता पार्टी) खण्ड कमिटीको एक प्रतिनिधि मण्डलले विभिन्न समस्याहरु लिएर सोमबार दार्जीलिङ-पुलबजार खण्ड विकास अधिकारीलाई शिष्टाचारपूर्ण भेटवार्ता गर्‍यो। भाजपा जिल्ला समिति उपाध्यक्ष एलएम लामाको नेतृत्वमा गएको टोलीमा दार्जीलिङ विधान सभा संयोजक सुमन प्रधान,खण्ड समिति सभापति बिरेन्द्र तामाङ महासचिव अरुण प्रधान, उपाध्यक्ष सुकबहादुर गोले, पञ्चायत सदस्य सोमदत्त ब्राह्मण, पञ्चायत सदस्य पेमेन्द्र सामपाङ राई, पञ्चायत समिति सदस्या सन्ध्या तिवारी, मण्डल अध्यक्षाहरु पिङकी लिम्बू, अरुणा राई,निरज राई,राजीब राई,सुष्मा लामा लगायतको प्रमुख रूपमा उपस्थित रहेको थियो टोलीको पक्षमा भाजपा दार्जिलिङ विधानसभा सयोजक सुमन प्रधानले जानकारी गराएकाछन्।
प्रधानले दिएको जानकारी अनुसार, यस प्रतिनिधिहरुले खण्ड विकास अधिकारी एकजना कार्यकारी अधिकारी भएकोले पञ्चायत समिति र ग्राम पञ्चायतहरुमा हुने विकासका योजनाहरुमा सरकारी विधिलाई पूर्णतया अनुपालन गर्नुपर्ने, पक्षपाती बन्द हुनुपर्ने, सय दिने रोजगार शुरु हुनुभन्दा अगावै जबकार्ड नभएकाहरुका जबकार्ड बनाइसक्नुपर्ने, विकास योजनाको टेण्डर-मा निम्नतम दर  हुनुपर्ने, पञ्चायतका कामहरु जनपक्षीय र सहज हुनुपर्ने, सांसद लगायत केन्द्रीय सरकारबाट स्वीकृत धन राशिहरुले हुने योजनाहरु भ्रष्टाचार बिना हुनुपर्ने, कुनै पनि योजनाबाट ठेकादार वा एजेन्सी-लाई मात्रै फायदा होइन जनतालाई फायदा पुग्नुपर्ने आदि विषयहरुमाथि विस्तृत चर्चा र छलफल भएको प्रतिनिधि टोलीले बताएको छ। यसका साथै भविष्यमा कुनै प्रकारको जनगुनासो सृष्टि नहुनको निम्ति खण्ड बिकास अधिकारीले ध्यान दिनुपर्नेमा प्रतिनिधिहरुले जोड दिएको बताइएको छ। अर्कोतिर खण्ड बिकास अधिकारीले आफिहरु कुराहरुलाई ध्यानपुर्वक सुनेको तथा यसको निम्ति सकारात्मक र विधिपूर्वक पहल गरिने प्रतिनिधिलाई वचन दिएको समेत टोलीले बताएको छ।
यसका साथै खण्ड कमिटीले अब  विभिन्न ठाउँमा भइरहेको सडक,पानी, स्वास्थ्य, बिजुली सर्वाराह र अन्य योजनाहरुका स्थलगत भ्रमण गर्ने जानकारी समेत खण्ड बिकास अधिकारीलाई अवगत गराइएको छ भने केन्द्रीय सरकारबाट भइरहेको योजनाहरुमा कुनै प्रकारको धाँधली देखेको खण्डमा उक्त योजनाको फण्ड अवरोध समेत गर्न कदम उठाउने समेत टोलीको पक्षमा भाजपा दार्जीलिङ विधानसभा सयोजक सुमन प्रधानले जानकारी गराएका

छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ