धान खेती धान रोपाईको परम्परालाई सुरक्षित राख्दै बाघमारा बस्तीमा धान रोपाईको कार्य सम्पन्न

Share this news

तीनधारे ,7 जुलाई(निसं): मानिसहरुले मेहनत र परिश्रम गरेर कसरी खानुपर्छ भन्ने कुरा गाउँ बस्तीबाट उदाहरण लिनुपर्छ। अर्ग्यानिक खाने कुरा खानु र स्वास्थ्य रहनु गाउँ बस्तीमा जस्तै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने उहादरण त छँदैछ। यस्तै एक उदाहरण तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा अहिले पनि मानिसहरु आफ्नो मेहनत र परिश्रम गरेर धान रोपाईको कार्य गर्दै आईरहेका छन्। खरसाङ क्षेत्र अन्तर्गत सिटोङ, रोहिणी र सिविटारको बाघमारा बस्तीमा अझैं पनि मानिसहरू धान रोपेर अर्ग्यानिक धान फलाउँछन्। प्रत्येक वर्ष यहाँ धान रोपाईको कार्य गरिन्छ। यसपाली यहाँ असारको पन्ध्रमा धान रोपाई नभए पनि आज धान रोपाईको कार्य गरिएको छ। बाघमारा बस्तीमा खेतालापात गरेर धान रोप्ने चलन अनि गाउँमा एका अर्कालाई सघाऊ पघाऊको साथमा धान रोपाईको कार्य सम्पन्न गरिएको छ। यस वर्ष बाघमारा बस्ती निवासी अम्बर लामाको खेतबारीमा पहिलो धान रोपाईको कार्य सम्पन्न गरिएको छ भने अन्यको खेतबारीमा पनि विस्तारै धान रोपाईको कार्य गरिने जानकारी प्राप्त भएको छ। यसपाली अम्बर लामाको खेतबारीमा एकै दिनमा लागभग तीन ऐकर जमीनमा धान रोपाईको कार्य सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। पानी झरीमा रमाइलोको साथमा धान रोपाईको कार्य गरिएको छ। पहिलेबाटै बाझो रहेको जमीनमा खन जोत गरेपछि रोपाईको दिन एक हल गोरुको साथमा हलिले पाटा लगाउँदै लगेपछि बाऊसेहरुले फ्याउरी चलाउँदै हिलाउने काम गर्दछन् भने कतिपयले हिलोको झारपात टिप्ने कार्य पनि गर्दछन्। त्यसरी नै सबै तयारी भएको हिले खेतबारीमा धान रोपारहरुले धान रोपाईको कार्य गर्दछन्। खेतबारीको मालिक 76 वर्षीय अम्बर लामा आफै पनि मेहनत र परिश्रमको साथमा धानबारीमा काम गर्छन् भने धान रोपाईको दिन असारे गीतको साथमा धान रोपाईको कार्यमा निरन्तर लागि परेका छन्। आफु मेहनत गर्छन् भने आफ्ना छोराहरु र नातीहरुलाई पनि जोशका साथमा खेतबारीमा मेहनत र परिश्रम गर्न सिकाउँछन्। बाघमारा बस्तीमा परम्परागत रूपमा धान रोपाईको कार्य यथावत् देखिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ