खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सभामा आशा मुखिया लामा सम्मानित

Share this news

खरसाङ,7 जुलाई(निसं): केही समय यता खरसाङ क्षेत्रमा पर्यटन व्यवसायीमाथि कार्य गरिरहेका खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सभा सम्पन्न भएको छ। उक्त सभा एसोसिएसनका सभापति किशोर सिंहको अध्यक्षतामा अनि सचिव राजु गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो। यस सभामा उपस्थित साहित्यकार एंव समाजसेवी आशा मुखिया लामालाई हालैमा पीएचडीको उपाधि प्राप्त गरेकोमा खरसाङ एसोसिएशन फर टूरिज्म एण्ड कन्जरभेशनको तर्फबाट सम्मान जनाइयो। यस अवसरमा उनलाई खदार्पणसहित शल ओढ़ाएर साथै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। सभामा नयाँ सदस्यहरुलाई सदस्यता प्रदान गरिएको छ। त्यसरी नै संगठनमा सदस्यता लिन चाहनेहरुलाई पनि स्वागत रहेको एसोसिएसनले बताएको छ। सभामा खरसाङ क्षेत्रमा रहेका होम स्टे मालिकहरुका विभिन्न समस्याहरु विषयमा चर्चा-परिचर्चा गरिएको छ। त्यसरी खरसाङ क्षेत्रमा पर्यटन व्यवसायलाई कसरी अघि लैजान सकिन्छ भन्ने विषयमा चर्चा-परिचर्चा गरिएको छ। सभामा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सदस्यहरु उपस्थित रहेका थिए भनी एसोसिएसनको तर्फबाट किरण मुखियाले जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
 हाम्रो गाउँ, हाम्रो समाधान योजना दार्जीलिङमा आरम्भ 

 हाम्रो गाउँ, हाम्रो समाधान योजना दार्जीलिङमा आरम्भ 

जोखिमले भरिएको धोत्रे बजार नजिकको सडक

जोखिमले भरिएको धोत्रे बजार नजिकको सडक

छोटा पुबोङमा एक दिने स्वास्थ जाँच शिविर सम्पन्न 

छोटा पुबोङमा एक दिने स्वास्थ जाँच शिविर सम्पन्न 

सन्त जोसेफ्स स्कूल बन्यो ब्रदर एरिक मेमोरियल अन्तर्राष्ट्रिय क्विज च्याम्पियन

सन्त जोसेफ्स स्कूल बन्यो ब्रदर एरिक मेमोरियल अन्तर्राष्ट्रिय क्विज च्याम्पियन

पर्यावरणविद् राईको दार्जीलिङ पहाडका केही चरा चुरुङ्गीहरु र पर्यावरणमा भूमिका-को लोकार्पण

पर्यावरणविद् राईको दार्जीलिङ पहाडका केही चरा चुरुङ्गीहरु र पर्यावरणमा भूमिका-को लोकार्पण

चुङथुङ युथ स्पोर्टिङ्ग क्लबद्वारा फुटबल टुर्नामेन्ट गरिने

वसुधाको रजत जयन्तीमा गौंथली अनि साँझ अनि अन्य कथाहरु-को लोकार्पण

वसुधाको रजत जयन्तीमा गौंथली अनि साँझ अनि अन्य कथाहरु-को लोकार्पण

उदय समाजको अर्द्ध वार्षिक सभापछि सचेतना शिविर

उदय समाजको अर्द्ध वार्षिक सभापछि सचेतना शिविर

रिवा हिलिङ सेन्टर अनि नमस्ते फाउण्डेसन-द्वारा असहाय युवकको उद्धार 

रिवा हिलिङ सेन्टर अनि नमस्ते फाउण्डेसन-द्वारा असहाय युवकको उद्धार 

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा मार्गरेट्स होप क्षेत्रमा विकासका कार्यहरू भईरहेको दाबी

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा मार्गरेट्स होप क्षेत्रमा विकासका कार्यहरू भईरहेको दाबी

आजको रोजाइ