Umbrella company darjeeling
Umbrella company darjeeling

छाता नबनाउने दार्जीलिङको छाता कम्पनी

Share this news

Umbrella company darjeeling

छाता नै नबनिने छाता कम्पनी छ दार्जीलिङमा। तत्कालीन राज्य सरकारले चिया कमानको निम्ति हो या अन्य कुनै उद्देश्यले यो छाता कम्पनीको स्थापित गरेको थियो। तर छाता भने कहिल्यै बनाइएन। छाता कम्पनीको आफ्नो ५ तले विशाल भवन छ। तर यस छाता कम्पनीमा छाताको बेंड़सम्म बनिएको छैन। तर अझै पनि यस विशाल भवनलाई छाता कम्पनीको नामले चिनिन्छ अनि विशेष बङ्गाली पर्यटकहरू यहाँ आउँदा यहाँ कस्तो प्रकारको छाता बनिन्छ? भन्ने प्रश्न गर्ने गरेका छन्। हो, दार्जीलिङको लेबोङमा ७० को दशकतिर नै निर्माण भएको छाता कम्पनीको विशाल भवन छ, तर यस छाता कम्पनीमा कहिले पनि छाता बनाउने काम नभएको स्थानीय धेरैले बताएका छन्। लेबोङ बजारदेखि गोर्खा स्टेडियम जाने मूल सड़कको किनारमा नै अवस्थित छ छाता कम्पनीको यो विशाल भवन। जसको एक तलाको केही कोठामा अहिले जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को इण्डस्ट्री विभागको कार्यालय सञ्चालित छ। यस भवनमा छाता कहिले बनिएन, तरै पनि यसको नाम छाता कम्पनी भनेर कसरी राखियो? भन्ने जिज्ञासा धेरैसित छ। यसै विषय लिएर स्थानीय साथै दार्जीलिङको इतिहाससित सरोकार राख्ने विज्ञ व्यक्तित्वहरूसित जान्न चाँहदा उनीहरूबाट धेरै चाखलाग्दा विषयहरू जान्न पाइएको छ। 70-को दशकमा यो भवन निर्माण हुँदा बालुवा, गिटी ओसार्ने काममा खटिएका लेबोङ बजार निवासी रामकुमार छेत्रीसित कुराकानी गर्दा उनले तत्कालीन राज्य सरकारको पहलमा नै यहाँ छाता कम्पनी शुरू गर्नको लागि यो भवन निर्माण गरिएको बताए। छाता बनाउनको लागि मशीनहरू राख्न तथा अन्य सामग्रीहरू राख्नको लागि जस्तो कोठा तथा आधारभूत सुविधाहरू चाहिन्थ्यो, ती सुविधाहरू यहाँ उपलब्ध गराइएको थियो। यस भवनका कोठाहरू त्यस्तै हिसाबमा बनाइएको थियो। तर यो भवनको निर्माण कार्य पूरा भएर छाता कम्पनी शुरू हुनअघि नै दार्जीलिङ पहाड़मा अलग राज्य गोर्खाल्याण्डको आन्दोलनले तीव्रता पाइसकेको थियो। फलस्वरूप यहाँ छाता कम्पनी शुरू हुनै पाएन। यदि छाता कम्पनी शुरू भएको भए यहाँ स्थानीय धेरै बेरोजगार युवा-युवतीहरूले रोजगारको अवसर पाउने थिए अनि यसले समग्र लेबोङको अर्थनीतिलाई पनि दह्रिलो बनाउने थियो। तर त्यसो हुन सकेन। यद्यपि, यो बहुतले भवनको नाम भने छाता कम्पनी नै रह्यो। यस भवनका तल्ला तीन तलामा छाता बनाउने कारखाना र माथिल्ला दुईतलालाई शो-रूम जस्तो बनाउने त्यस समयको परिकल्पना थियो भन्ने पनि छेत्रीले जानकारी गराए।

तर सन् 1986-मा अलग राज्य गोर्खाल्याण्डको आन्दोलनले उग्र रूप धारण गरेपछि यस छाता कम्पनीमा केन्द्रिय अर्द्धसैनिक बल (सीआरपीएफ) राख्ने व्यवस्था गरिएको थियो अनि जब-जब पहाड़मा आन्दोलन भयो, तब-तब यो भवनमा नै सीआरपीएफ राखिने गरिएको थियो। तरै पनि सन् 1995-मा दार्जीलिङ गोर्खा पार्वत्य परिषदका तत्कालीन अध्यक्ष सुवास घिसिङले यस भवनको सबैभन्दा माथिल्लो तलालाई सेल्स इम्पोरियमको रूपमा सञ्चालन गराउने पहल गरेका थिए। तर त्यो इम्पोरियम पनि बेसी समयसम्म चल्न सकेन। यसरी नै त्यस समय यस भवनमा दागोपापका धेरैवटा विभागका कार्यालयहरू राखिएका थिए। तर सन् 2012-मा जीटीएको स्थापना भएपछि ती अधिकांश कार्यालयहरूलाई यहाँबाट अन्य स्थानमा सारियो। जसअनुसार, हाल यस छाता कम्पनीको विशाल भवनको एउटा तलाको केही कोठामा इण्डस्ट्री विभागको कार्यालय सञ्चालित छ। यसबारे विभागका केही कर्मचारीहरूले भने-यो विशाल भवनलाई कुनै काममा लगाउन सकिए, यसको उचित सुरक्षा अनि संरक्षण हुनेछ। यदि इण्डस्ट्री विभागको कार्यालय पनि यहाँ नभएको भए यो भवन खण्डहरमा परिणत भइसक्ने थियो। यस विभागका कर्मचारी तथा स्थानीयहरूले यस भवनमा दार्जीलिङ-पुलबजार खण्डको एकाङ्शको रूपमा सञ्चालन होस् भन्ने पनि इच्छा जाहेर गरेका छन्। ताकि यस खण्डअन्तर्गत पर्ने दार्जीलिङ वरिपरिका धेरैवटा ग्राम पञ्चायतका बासिन्दाहरूले यसै स्थानबाट खण्डका आवश्यक सुविधाहरू प्राप्त गर्न सकुन्।

यसका साथै यस विशाल भवनलाई आवश्यक मरम्मति गरेर केही सरकारी वा जीटीएका कार्यालयहरूलाई पनि यहाँ सार्ने व्यवस्था भए, यो भवनको उचित देखरेख अनि सुरक्षा पनि हुनेथियो साथै यस विशाल भवनको सही उपयोग पनि हुनेथियो। दार्जीलिङको सम्पत्तिलाई सुरक्षा दिने पहल अब जीटीएबाट नै हुनपर्छ भन्ने पनि स्थानीय बासिन्दाहरूको माग छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ