प्वाँलेधुरामा गाउँ समाजद्वारा दुइहजार न्यु प्लानटेशन

Share this news

टिङलिङ चियाबारी स्थित प्वाँलेधुरा गाउँमा सार्वजनिक भवनको लागि कमानबाट जमिनको एनओसी दिएपछि स्थानीय ग्रामवासीले बगानको खाली ठाउँमा 2000 वटा चियाको विरुवा रोपण गरे। नव प्रभात संघ प्वाँले धुरा गाउँमा सार्वजनिक भवनको अभाव थियो। गाउँमा शुभ अशुभ केही कार्य गर्न परे यसको लागि जग्गा थिएन। यो विषयमा जीटीएका सभासद अरुण सिग्चीसमक्ष समस्या राखेपछि सार्वजनिक भवनका लागि पहल शुरु भएको स्थानीय अशोक खड्काले बताए। बगानले एनओसी दिने भएपछि स्थानीय बासिन्दाले पनि चियाको नयाँ विरुवा रोप्ने लिखित वचन बगानलाई दिएका थिए। पचपन्न घर रहेको उक्त समाजका सदस्यहरुले आइतबार २०००(दुई हजार) विरुवा रोप्ने कार्य सम्पन्न गरेको खड्काले बताएका छन्। उनले मञ्जुश्री एग्रीकल्चर प्राली कम्पनी अधीनस्थ यो कमानका प्रबन्धक मोतिराम चौधरीप्रति आभार प्रकट गरेको छ। गाउँ समाजको पक्षमा जीटीए सभासद अरुण सिग्चीप्रति आभार प्रकट गरिएको अशोक खड्काले बताए।


Share this news
आजको रोजाइ

ाज्य सरकारको प्रकल्प आमादेर पाड़ा, आमादेर समाधान आगामी 7 अगस्तदेखि खरसाङमा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको प्रतिनिधि टोलीको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका मुख्य कार्यपाल अनित थापासँग भेटघाट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको प्रतिनिधि टोलीको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका मुख्य कार्यपाल अनित थापासँग भेटघाट

वाणीश्री कल्याण समितिको नयाँ सदस्य-सदस्याहरुलाई स्वागत जनाउन कार्यक्रम सम्पन्न

वाणीश्री कल्याण समितिको नयाँ सदस्य-सदस्याहरुलाई स्वागत जनाउन कार्यक्रम सम्पन्न

पाठशालाको अतिरिक्त श्रेणी कक्ष र हल आदिको उद्घाटन

पाठशालाको अतिरिक्त श्रेणी कक्ष र हल आदिको उद्घाटन

बेन काब्रेमा १७ परिवार क्याप- सिक्किममा सामेल

बेन काब्रेमा १७ परिवार क्याप- सिक्किममा सामेल

सिक्किम किड्स ट्यालेन्ट कन्टेस्ट जितेकी प्रशंसालाई सम्मान

सिक्किम किड्स ट्यालेन्ट कन्टेस्ट जितेकी प्रशंसालाई सम्मान

आमा सम्मान दिवस २०२५ को पहिलो समन्वय बैठक

आमा सम्मान दिवस २०२५ को पहिलो समन्वय बैठक

मुख्यमन्त्री तामाङद्वारा समीक्षा बैठकको अध्यक्षता

मुख्यमन्त्री तामाङद्वारा समीक्षा बैठकको अध्यक्षता

जनमुक्ति दिवस र आमा सम्मान दिवसको सभा 4 अगस्तमा

जनमुक्ति दिवस र आमा सम्मान दिवसको सभा 4 अगस्तमा

मोदीद्वारा १४ परियोजनाको उद्घाटन र शिलान्यास

मोदीद्वारा १४ परियोजनाको उद्घाटन र शिलान्यास

आजको रोजाइ