हिमाली सालामेन्डरको आवासको संरक्षण र सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

Share this news

सोनादा, 6 जुलाई (निसं)ः इण्डिया बायोसाइन्स आउटरीच ग्रान्टको प्रायोजनामा तथा असम रोयल ग्लोबल विश्‍वविद्यालय, गुवाहाटीको सहकार्यमा वनस्पति विभाग, कालेबुङ कलेज र पोख्रेबुङ बालिका उच्च माध्यमिक विद्यालयको संयुक्त आयोजनामा पोख्रेबुङ बालिका उच्च माध्यमिक विद्यालय, पोख्रेबुङमा ’सालामेन्डरहरू बचाऔँ,’ शीर्षकमा हिमाली सालामेन्डरको आवासको संरक्षण र सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको आौचित्यबारेमा डा. उपासना छेत्री (सहायक प्राध्यापक, वनस्पति विभाग, असम रोयल ग्लोबल विश्‍वविद्यालय, गुवाहाटी) ले सम्झाउँदै पूर्वी हिमालय क्षेत्रभरि गरिएका जनचेतनामूलक गतिविधिहरुबारे जानकारी दिएका थिए। पोख्रेबुङ बालिका उच्च माध्यमिक विद्यालय लगायत नजिकैको निजी विद्यालय ब्राइट होराइजन स्कूलका विद्यार्थीहरूले पनि सहभागिता जनाएको उक्त कार्यक्रममा स्रोत व्यक्तिको रुपमा उपस्थित रहेका डा प्रणय बान्तवा (सहायक प्राध्यापक, वनस्पति विभाग, कालेबुङ कलेज) ले कार्यक्रमका उद्देश्यहरूबारे बताएका थिए। हिमाली सालामेन्डरको पारिस्थितिक महत्व र संरक्षणको आवश्यकताबारे जनचेतना फैलाउने साथै उभयचर जनावरहरूको अवस्थिति र खतराबारे जानकारी दिदैँसामुदायिक सहभागिता र विद्यालय स्तरमा संरक्षण गतिविधिहरूको प्रवर्द्धन गर्नु र उनीहरूको बासस्थान संरक्षणमा सामूहिक जिम्मेवारीको भावना विकास गर्नु आदि यसको उद्देश्य रहेको कुरो डा वान्तवाले बताएका छन्। उनले हिमाली सालामेन्डरको जीवनशैली, यसको जल तथा स्थल बासस्थान, संकटापन्न अवस्था र विलुप्तिको मुख्य कारणहरू जस्तै बासस्थान विनाश, प्रदूषण, जलवायु परिवर्तन आदिबारे विस्तृत रूपमा व्याख्या गरेका थिए। उनले विद्यार्थी, शिक्षक, सर्वसाधारण, गैर-सरकारी संस्था तथा शैक्षिक संस्थाहरूलाई यस प्रजातिको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका थिए। यसको लागि आगामी दिनमा हिमाली सालामेन्डर बचाऔँ भन्ने शीर्षकमा पैदल यात्रा, दौड प्रतियोगिता, चित्रकला, निबन्ध लेखन जस्ता गतिविधिहरू आयोजना गर्नु पर्ने कुरोमा उनले जोड दिएका थिए। कार्यक्रमको दोस्रो चरणमा डा. प्रणय बान्तावाले उक्त विषयमा हाजिरी जवाब प्रतियोगिता पनि सम्पन्न गरेका थिए जसमा हिमाली सालामेन्डर र उभयचर जनावरसँग सम्बन्धित जानकारीहरूबारे सोधिएका हाजिरी जवाब प्रतियोगितामा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रमको तेस्रो चरणमा अन्तरक्रियात्मक सामूहिक चर्चा परिचर्चा सत्र अन्तर्गत सहभागी विद्यार्थीहरूलाई दुई समूहमा विभाजन गरी पहिलो समूहलाई हाम्रो वरिपरिको वातावरणमा हिमाली सालामेन्डर कसरी बचाउन सक्छौं भन्ने विषयमा अनि दोस्रो समूहलाई हिमाली सालामेन्डरलाई प्रमुख प्रतिनिधि प्रजनति किन मानिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक कार्यक्रम पनि राखिएको थियो।कार्यक्रमको अन्त्यमा डा. प्रणय बान्तावाले सबै विद्यार्थी र शिक्षकहरूलाई हाम्रो जलस्रोत, वनजंगल र हिमाली सालामेन्डरको संरक्षणको लागि शपथ ग्रहण गराएका थिए।कार्यक्रमपछि विद्यार्थीहरूलाई टपलाइनस्थित हिमाली सालामेन्डरको प्राकृतिक बासस्थानको स्थलगत भ्रमण पनि गराइएको थियो।कार्यक्रमलाई सफलतापूर्वक आयोजना गर्न सहयोग गरेवापत् पोख्रेबुङ बालिका उच्च माध्यमिक विद्यालयकी प्रधानाध्यापिका सुष्मा भारती लगायत सम्पूर्ण शिक्षण- अशिक्षणकर्मीहरू एवं सहभागी विद्यार्थीहरू सबैलाई डा. प्रणय बान्तावाले कृतज्ञता ज्ञापन गरेका थिए। स्मरण रहोस् विगतमा यस्ता कार्यक्रमहरू सिटोङ र सोनादा क्षेत्रमा पनि सञ्चालन भएको थियो जहाँ डा. उपासना छेत्री(प्राध्यापक, असम, रोयल ग्लोबल विश्‍वविद्यालय) ले स्रोत व्यक्तिको रूपमा सहकार्य गरेकी थिईन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ