सिविटारमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम सम्पन्न : विद्यार्थीहरुको लागि ठूलो हतियार नै मेहनत र परिश्रम हो: डा. विवास सेवा

Share this news

तीनधारे अ, 6 जुलाई (निसं)ःतीनधारे महानदी समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायतको संसद तीन सिविटार चियाबारीमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम 2025 सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता स्प्रिङ्डेल एकाडेमी सिविटारका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, प्राध्यापक डा विवास सेवा, वरिष्ठ नागरिक एंव महानदी ग्राम पञ्चायतको पूर्व प्रधान जुद्ध शमशेर छेत्री, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। पत्रकार एवं कवि हनोक थापा र शिक्षिका ईशा राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण शिक्षक हेमराज छेत्रीले राखेका थिए। कार्यक्रमको उद्देश्य र औचित्य विषयमा पञ्चायत सदस्य राजीव तामाङले वक्तव्य राखेका थिए। उनले पहाडमा पञ्चायत चुनाव भएपछि गाउँ गाउँमा विकास कार्यहरु भईरहेको जनाउँदै विकास भनेको बाटो र झोडा बनिनु मात्र होइन तर शैक्षिक उन्नति हुनु पनि हो भनी बताएका छन्। उनले यस क्षेत्रमा रहेका विद्यार्थीहरुको शिक्षा क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा स्प्रिङ्डेल एकाडेमीका विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरु पारुमा राई र रिदम राईले कविता वाचन गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुको शिक्षा र करियर विषयमा तीनधारे निवासी एंव श्री अग्रसेन महाविद्यालय, दालखोला, उत्तर दिनाजपुरका प्राध्यापक डा विवास सेवाले वक्तव्य राखेका थिए। उनले आफ्नो सम्बोधनमा भने, ’सपना देख्नुपर्छ अनि आफ्नो माता पिताको लागि सपना पूरा गर्नुपर्छ। मेहनत र परिश्रम गर्नुपर्छ। कलेजमा पढ्दा मेहनत दोब्बर गर्नुपर्छ। विद्यार्थीहरुमा लगनशीलता हुनुपर्छ अनि पढाईलाई सिरियस लिनुपर्छ। विद्यार्थीहरुको लागि ठूलो हतियार नै मेहनत र परिश्रम हो।’प्राध्यापक डा विवास सेवाले अघि भने, ’विद्यार्थीहरुका लागि चाहिने हतियार नै अंग्रेजी भाषामा निपुण हुनु हो। विद्यार्थीहरुले दैनिक 10 देखि 15 घण्टा जति अनिवार्य रुपमा पढ्ने बानी बसाल्नुपर्छ। विद्यार्थी र अभिभावक सबैले अनिवार्य रुपमा दैनिक समाचार पत्र पढ्ने बानी बसाल्नुपर्छ।’उनले विद्यार्थीहरुले एउटा मात्र भाषा होइन तर अन्य धेरै भाषाहरु सिक्नुपर्ने हुन्छ। विद्यार्थीहरु पढाईमा लगातार रुपमा इमान्दार भएर मेहनत र परिश्रमको साथमा पढाईमा ध्यान दिनुपर्छ तब सफलता हात लाग्नेछ भनी बताएका छन्। यसै कार्यक्रममा सिविटारको संसद तीन क्षेत्रबाट यसपाली 2025 सालमा दशौं र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्बर्ध्दना जनाइएको छ। यस अवसरमा विशेष गरेर बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याएर प्रथम दर्जामा उत्तीर्ण विद्यार्थीहरु क्रमैले साइना छेत्री, प्रशान्त छेत्री र स्मिथ छेत्रीलाई खदार्पणसहित प्रशंसा पत्र प्रदान गरेर सम्मान जनाइएको छ। उक्त प्रशंसा पत्र हेमराज छेत्री, गुरुमाहरु इशा राई, प्रतिसा प्रधान आदिले पठन गरेका थिए। त्यसरी नै उच्च माध्यमिक र माध्यमिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पनि खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा विशिष्ट अतिथिहरु लगायत प्रायोजकद्वय दिपनारायण राई र साहिल प्रधान पनि उपस्थित रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्रीले आजको कार्यक्रमको मुख्य आकर्षणको केन्द्र बिन्दु विद्यार्थीहरु रहेको र विद्यार्थीहरुको सफलतामा अभिभावकहरुको पनि ठूलो हात छ र विद्यार्थीहरुको सफलतामा अभिभावकहरुलाई पनि बधाई छ भनी बताएका छन्। उनले विद्यार्थीहरुको सफलतामा अभिभावकहरुको भूमिका महत्वपूर्ण रहेको छ भन्दै विद्यार्थी शैक्षिक सम्मान कार्यक्रमको लागि आयोजक समितिप्रति आभार प्रकट गरेका छन्। विशिष्ट अतिथि महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पाले आफ्नो सम्बोधनमा यसपाली संसद तीनलाई आयोजना गरिएको छ भने आगामी दिनमा सम्पूर्ण महानदी ग्राम पञ्चायत क्षेत्रलाई नै समेटेर कार्य गर्ने बताए। उनले आगामी दिनमा शिक्षाबाहेक अन्य विभिन्न क्षेत्रका प्रतिभाहरुलाई लिएर पनि सम्मान कार्यक्रम आयोजना गर्ने सुझाव दिन्दै आफ्नो तर्फबाट सहयोग गर्ने वचन दिएका छन्।कार्यक्रममा सभाध्यक्ष प्राचार्य शरणकुमार राईले आफ्नो वक्तव्यमा सबैलाई धन्यवाद दिन्दै यो कार्यक्रम विद्यार्थीहरुको शैक्षिक क्षेत्रलाई बढाउने र विद्यार्थीहरुको मनोबल कार्य रहेको बताएका छन्। उनले वर्तमानमा सिविटार क्षेत्रको साक्षरता दर बढेर गएको बताएला छन्। यस विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत सदस्य राजीव तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ