टेकबीर बस्तीको समाजद्वारा बाटोको सहजीकरण

Share this news

खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 2 को टेकबीर बस्ती क्षेत्रमा मान्छे हिँड्ने बाटो अजय गुरुङको घरदेखि लिएर तलतिर पुल डाँडासम्म बर्खाको पानीले गर्दा लेउ लागेर मानिसहरु पैदल हिँड्न असुविधा भईरहेको थियो। बाटोको दुईतर्फ नै झार पात बढेर बाटो हिँड्न जन साधारणलाई धेरै असुविधा भ‌ईरहेको थियो। यो बाटो भएर दैनिक रूपमा विद्यार्थीहरू र गाउँका मानिसहरू हिँडडूल गर्ने गर्छन्। यसरी बाटो चिप्लो भएर धेरैपल्ट विद्यार्थी लगायत मानिसहरू लडेको गुनासो समाजको सदस्यहरूले समाजलाई गरिरहेको थियो। हुन त प्रगति गाउँ प्रगति संघ टेकबीर बस्तीको समाजले स्थापनाकालदेखि नै यस्ता कार्यहरू निरन्तर गरि नै रहेको छ। गाउँ समाजको जनमानसको सुरक्षाको निम्ति समाजका सभापति भेलरियन जर्ज लेप्चा, मूल सचिव बिरबल पाखरीन, उपाध्यक्ष सुजय गुरुङ, कोषाध्यक्ष रमोद गुरुङ सदस्यहरू अनुप प्रधान, अमिर भुसाल र प्रितम लामाको टोलीले उक्त बाटोको सर सफाई अनि ब्लिचिङ हाल्ने कार्य सम्पन्न गरियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान