पाद्री गङ्गाप्रसाद प्रधानको 174 औं जयन्ती पालन

Share this news

भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको सिलगढी एकाईको आयोजनामा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औं जन्म जयन्ती समारोहको आयोजन गरिएको थियो। उक्त समारोह सालबारीस्थित इम्मानुएल चर्चमा मिशन हिमालयका निर्देशक एल्डर दयारत्न प्रधानको अध्यक्षतामा आयोजन गरिएको थियो। उक्त कार्यक्रमलाई पास्टर पिटर थापा ‘कोशिष’ ले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण पास्टर निमा लेप्चाले राखेका थिए।‌ कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको तस्वीरमा‌ खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा शुरुको प्रार्थना रेभरेन्ट निकानोर शर्माले गरेका थिए भने स्वागत गीत एल्डर बिमल प्रधानले प्रस्तुत गरेका थिए। कार्यक्रममा कविता, वाचन, गीत गायन र नृत्यहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्रष्टा सङ्गमको उद्देश्य र औचित्य साथै यसको जानकारी विषयमा पूर्व सचिव एंव वर्तमान संयोजक हनोक थापाले वक्तव्य राखेका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान