पर्यटन मानचित्रममा धमिलिदै छ जामुने पर्यटक स्थल

Share this news

दार्जीलिङ, 5 जुलाई(निसं): विश्व प्रशिद्ध दार्जीलिङ पहाडको पर्यटन मानचित्रमा बिस्तारै धमिलिदै जदैछ जामुने पर्यटन स्थल साथै जामुनेको सुन्दरता साथै अस्तित्व समेत हराउदै जादैछ। दार्जीलिङ पहाडका विभिन्न पर्यटन स्थलहरुमा एक रमणीय स्थल जामुने पनि हो। तर अहिले यो जामुनेधेरै बेस्याहर भएर गईरहेको छ। समयमा जामुने पर्यटक स्थलमा धेरै स्थानीय मानिसहरू लगायत पर्यटकहरू आउने गर्थे। तर अहिले बेस्याहार भएकै कारण न स्थानीय मानिसहरू आउँछ न पर्यटक नै आउने गर्छन्। गर्मीको समयमा यहाँ भएको ठुलो पोखरीमा नाउँ खेल्न धेरै मानिसहरु आउने गर्थे। तर अहिले न नाउँ छ न कुनै रमाइलाग्दो ठाउँ नै रहेको छ। यसै ठाउँमा
बलिउडको चर्चित फिल्म बर्फी लगायत नेपाली फिल्म बितेका पल जस्तो चर्चित फिल्महरुको छायांकन भएको थियो भने चर्चित गायक सोनु निगम, उषा उत्थुप, अंकिता, सलीम लगायत हाँस्य कलाकार राजु श्रीवास्तव जस्ता दिग्गज कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेको ठाउँ हो जामुने। तर यस क्षेत्रमा स्थानीय मानिसहरू लगायत पर्यटकहरू नआएको लोवर गोक निवासी सुवास लिम्बुले जानकारी दिए । उनको भनाई अनुसार, अहिले जामुने पर्यटन क्षेत्र समाप्त भईसकेको छ। यस क्षेत्रमा राति सोलार बत्तीले गर्दा धेरै रमाईलो हुने गर्थ्यो तर अहिले सोलार पनि मरम्मति नभएकोले बत्ती जल्नु छोडेको उनले बताए। जामुने राम्रो भए धेरैको रोजगार व्यवस्था हुने उनले जनाए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान