बोडोल्याण्ड नेताद्वयसङ्ग नेमन राईको भेटवार्ता

Share this news

गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष श्रीमान नोमन राईद्वारा प्रतिनिधित्व गरिएको टोलीले बोडोल्याण्ड प्रादेशिक क्षेत्रका सरकार पक्ष अनि बिपक्ष दुवै टोलीका प्रतिनिधित्वसंग भेट गरेको थियो। बोडोल्याण्ड क्षेत्रीय परिषदका पूर्व उप प्रमुख एवं वर्तमान कोकराझारका निर्वाचित बिधायक संग भेटवर्ता गरेको थियो। बोडोल्याण्डको भ्रमणमा रहेका गोर्खा जनमुक्ति युवा मोर्चाका १३ सदस्य टोलीद्धारा बोडोल्याण्ड क्षेत्रीय परिषदका पूर्व उप प्रमुख खाम्पा बोर्गोयाली अनि अर्कातर्फ वर्तमान कोकराझारका निर्वाचित बिधायक लरेन्स इसलेरीसंग भेट गरेको थियो।
यो भेटघाटमा एकतर्फ बोडोल्याण्ड क्षेत्रीय परिषद २००३ को सम्झौता अनि अर्कोतर्फ बोडोल्याण्ड प्रादेशिक क्षेत्र २०२० को सम्झौता पत्रमा भएका विषय वस्तु बारे चर्चा परिचर्चा गरियो धेरै लामो समयको संघर्ष पश्चातको उपलब्धि बोडोल्याण्ड क्षेत्रीय परिषद २००३ देखि वर्तमान बोडोल्याण्ड प्रादेशिक क्षेत्र २०२० को सम्झौता यी दुई सम्झौताहरू बीचको बिकाशित पार्थक्य एवं उपलब्धि बारे धेरै लामो छलफल भयो।
स्मरण रहोस् बोडोल्याण्ड क्षेत्रीय परिषदका पूर्व उप प्रमुख खाम्पा बोर्गोयाली २००३ बोडोल्याण्ड क्षेत्रीय परिषद सम्झौता पत्रका हस्ताक्षर कर्ता हुन भने वर्तमान कोकराझारका निर्वाचित बिधायक लरेन्स इसलेरी २०२० बोडोल्याण्ड प्रादेशिक क्षेत्र सम्झौता पत्रका हस्ताक्षरकर्ता हुन् ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान