सोनादामा सेभ ड्राइभ सेफ लाइभ अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

Share this news

सोनादा, 4 जुलाई (निसं)ः सोनादा ट्राफिक पुलिसको आयोजनामा सेभ ड्राइभ सेफ लाइफ अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ। सोनादा ट्राफिक पुलिसद्वारा आयोजना गरिएको यस सचेतना कार्यक्रममा सोनादा क्षेत्रका विभिन्न स्कूलका विद्यार्थीहरुलाई लिएर ट्राफिक सचेतना र्‍यालीको आयोजना गरिएको छ। उक्त ट्राफिक सचेतना र्‍याली सरस्वती डाँडादेखि शुरु भएर सोनादा रेलवे स्टेशन साथै चौकीडाँडा, पेट्रोल पम्प हुँदै सोनादा रेलवे स्टेशनमा आएर र्‍यालीको समापन गरिएको छ। यस ट्राफिक सचेतना र्‍यालीमा सोनादा ट्राफिक पुलिसको ट्राफिक ओसी सबिन दर्नाल, सोनादा पुलिस आउट पोष्टका ओसी योगेस ठकुरी साथै अन्य पुलिस अधिकारीहरु, विद्यार्थीहरु र स्थानीयहरु उपस्थित रहेका थिए। उक्त ट्राफिक सचेतना रैली विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा ट्राफिक पुलिस ओसी सबिन दर्नालले गत 1 जुलाईदेखि 8 जुलाईसम्म सोनादा ट्राफिक पुलिसको आयोजनामा ट्राफिक सचेतना सप्ताह पालन गरिरहेको छ जसलाई कलकत्ताबाट निर्देशन आएको बताएका छन्। उनले यस सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक र ड्रग्सलाई लिएर विभिन्न स्थानहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान