सचेत युवा समुहद्वारा जगदीश शर्मा विरुद्ध प्राथामिकी दर्ता

Share this news

बिजनबारी, 4 जुलाई(निसं): केही दिनअघि सिलगढीको जगदीश शर्माले सम्पूर्ण भारतीय गोर्खा समुदाय माथि अत्यन्तै नीच साथै निन्दनीय तरिकाले साम्प्रदायिक सद्भावनालाई बिगार्ने प्रतिक्रिया दिएको भन्दै बिजनबारी भेगका युवाहरु एक सामाजिक संस्था सचेत युवा समूहको पक्षबाट बिहिवार पूलबजार थानामा प्राथामिकी दर्ता गरेको छ। संस्थाको सयोजक करण छेत्रीको नेतृत्वमा गएको दुइ सदस्यीय टोलीले थाना प्रभारीलाई लिखित रूपमा जानकारी गराउदै यस्तो वयानले सम्पूर्ण भारतीय गोर्खा समुदाय माथि अत्यन्तै आघात पुगेको तथा यस्तो नीच साथै निन्दनीय तरिकाले जसरी साम्प्रदायिक सद्भावनालाई बिगार्ने जुन प्रतिक्रिया दिएका छन त्यो अत्यन्तै दुर्भाग्यपूर्ण रहेको बताएका छन। यसका साथै प्रशासनिक पक्षबाट उक्त व्याक्तिलाई शिघ्र कानुनी  कार्वाही गरियोस भन्ने समेत माग गरेको छेत्रीले बताए। अर्कोतिर,यसबारेमा आफुहरुले गम्भीरतापुर्वक लिने तथा अनुसंधान शुरु गरि आवश्यक कार्वाही शुरु गर्ने प्रशासन पक्षले आफूहरूलाई दिएको छेत्रीले थप बताए। प्रतिनिधि टोलीमा सयोजक छेत्रीवाहेक संजीब राईको पनि उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ