हरसिहहट्टाको विभिन्न स्थानमा सडक मरमती कार्य आरम्भ

Share this news

मिनरल स्प्रीङ, 3 जुलाई(निसं); निक्कै लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकको कारण समस्या भोग्दै आएका हरसिहहट्टा अनि मिनरल स्प्रीङ क्षेत्रका  वाहन चालक, मालिक अनि उक्त सडक भएर ओहोर-दोहोर गर्ने जनसाधारण तथा यात्रुहरुले सुगम यात्राको उपभोग गर्न पाउने भएका छन् ‌।विगत दिनमा ठाउँ- ठाउँमा गएको पैह्रो अनि सडकमा लगाइएको अलकत्रा उप्किएर खाल्डो परेको सडकमा वाहनहरु खूबै होशियारीसित चलाउनु पर्ने अवस्था थियो भने अब हुन लागेको प्रधानमन्त्री ग्राम सडक योजनाले उक्त सडकको रुप परिवर्तन हुनेछ भनी भुक्तभोगी जनसाधारण आशावादी छन्। दैनिक रुपमा सयौं वाहनहरु ओहोर-दोहोर गर्ने सो सडक हरसिंह मिनरल स्प्रीङको आम जनताको निम्ति जीवन रेखाको रूपमा रहेको छ। उक्त सडक भएर दैनिक रुपमा विध्यार्थी, व्यवसायी, विरामी, पर्यटक, कर्मचारी आदि आवतजावत गर्ने गर्छन्। अहिले घरी विभिन्न स्थानमा पर्यटन व्यवसायसित सम्बन्धित होमस्टेहरु पनि सन्चालनमा रहेको हुनाले बाटोको अवस्था हेरेर होमस्टेमा आउने पर्यटकहरुले नकारात्मक टिका टिप्पणीहरु गरेको पनि सुनिन्थ्यो।तर अब बाटोको अवस्थामा सुधार आउने भएपछि सबैले हर्ष प्रकट गरेका छ्न् औ बाटोको मरमती कार्य असल अनि गुणस्तरीय हुनेछ भनी आशा राखेका छन्। लेबोङ हरसिहहट्टादेखि दवाईपानी मिनरल स्प्रीङको जीरो प्वाइन्टसम्म स्वीकृत उक्त सात किलोमिटर भन्दा अधिक लामो सडक मर्मतको प्रधानमन्त्री ग्राम सडक योजनाले सडक सम्बन्धित समस्या भोग्दै आइरहेका जनसाधारणले राहत प्राप्त गर्ने भएका छन्। चरणवद्ध रूपमा कार्य सन्चालन गरिने क्रममा हाल  पैह्रोले क्षति पुर्याएको सडकको अंश मरमती गरिने कार्य थालिएको छ।यस मरमती कार्य तहत निम्न हरसिहहट्टाको विभिन्न स्थानमा विगत धेरै वर्ष अघि गएको पैह्रो ग्रस्त सडक क्षेत्रमा मर्मतको कार्य आरम्भ गरिएको छ।

Share this news
आजको रोजाइ
शिश महल पछिल्तिर थुप्रिएको प्लास्टिक अनि फोहोर एक समस्या

शिश महल पछिल्तिर थुप्रिएको प्लास्टिक अनि फोहोर एक समस्या

सोनादा क्षेत्रका पूर्व प्रधानाध्यापक डम्बरसिंह मुखियाको निधन

सोनादा क्षेत्रका पूर्व प्रधानाध्यापक डम्बरसिंह मुखियाको निधन

खरसाङको चित्रेमा वन महोत्सव अन्तर्गत जिल्ला शासक र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट झोडा जीर्णोध्दार प्रोजेक्टको अनावरण

खरसाङको चित्रेमा वन महोत्सव अन्तर्गत जिल्ला शासक र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट झोडा जीर्णोध्दार प्रोजेक्टको अनावरण

उत्कर्ष बंगला अन्तर्गत खरसाङमा कौशल विकासको तीनवटा नयाँ तालिमहरुको उदघाटन

उत्कर्ष बंगला अन्तर्गत खरसाङमा कौशल विकासको तीनवटा नयाँ तालिमहरुको उदघाटन

उमराङसोमा असम नेपाली साहित्य सभाको आवासीय केन्द्रीय कार्यकारिणी सभा तथा युगकवि हरिभक्त कटुवालको ९१औँ जयन्ती भव्य रूपमा सम्पन्न

उमराङसोमा असम नेपाली साहित्य सभाको आवासीय केन्द्रीय कार्यकारिणी सभा तथा युगकवि हरिभक्त कटुवालको ९१औँ जयन्ती भव्य रूपमा सम्पन्न

खरसाङ वरिपरि क्षेत्रमा जंगली जानवरको भय

खरसाङ वरिपरि क्षेत्रमा जंगली जानवरको भय

नगरपालिका चुनाउ सन्दर्भमा गरिएको आरटीआईको जवाफ नआएकोमा दुःख व्यक्त

नगरपालिका चुनाउ सन्दर्भमा गरिएको आरटीआईको जवाफ नआएकोमा दुःख व्यक्त

ट्राफिक पुलिसद्वारा विद्यार्थीहरूलाई मादक पदार्थ सेवन एवं ट्राफिक सड़क सुरक्षामाथि सचेतना कार्यक्रम

ट्राफिक पुलिसद्वारा विद्यार्थीहरूलाई मादक पदार्थ सेवन एवं ट्राफिक सड़क सुरक्षामाथि सचेतना कार्यक्रम

Oplus_131072

शुभमन गिलको ऐतिहासिक दोहोरो शतक: इंग्ल्यान्डको भूमिमा टेस्टमा दोहोरो शतक बनाउने पहिलो भारतीय कप्तान

Oplus_131072

झारखण्ड रेल दुर्घटना: दुई मालगाडी आपसमा ठोक्किँदा २ को मृत्यु, सीसीटीभीमा कैद भयो घटना

आजको रोजाइ