हरसिहहट्टाको विभिन्न स्थानमा सडक मरमती कार्य आरम्भ

Share this news

मिनरल स्प्रीङ, 3 जुलाई(निसं); निक्कै लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकको कारण समस्या भोग्दै आएका हरसिहहट्टा अनि मिनरल स्प्रीङ क्षेत्रका  वाहन चालक, मालिक अनि उक्त सडक भएर ओहोर-दोहोर गर्ने जनसाधारण तथा यात्रुहरुले सुगम यात्राको उपभोग गर्न पाउने भएका छन् ‌।विगत दिनमा ठाउँ- ठाउँमा गएको पैह्रो अनि सडकमा लगाइएको अलकत्रा उप्किएर खाल्डो परेको सडकमा वाहनहरु खूबै होशियारीसित चलाउनु पर्ने अवस्था थियो भने अब हुन लागेको प्रधानमन्त्री ग्राम सडक योजनाले उक्त सडकको रुप परिवर्तन हुनेछ भनी भुक्तभोगी जनसाधारण आशावादी छन्। दैनिक रुपमा सयौं वाहनहरु ओहोर-दोहोर गर्ने सो सडक हरसिंह मिनरल स्प्रीङको आम जनताको निम्ति जीवन रेखाको रूपमा रहेको छ। उक्त सडक भएर दैनिक रुपमा विध्यार्थी, व्यवसायी, विरामी, पर्यटक, कर्मचारी आदि आवतजावत गर्ने गर्छन्। अहिले घरी विभिन्न स्थानमा पर्यटन व्यवसायसित सम्बन्धित होमस्टेहरु पनि सन्चालनमा रहेको हुनाले बाटोको अवस्था हेरेर होमस्टेमा आउने पर्यटकहरुले नकारात्मक टिका टिप्पणीहरु गरेको पनि सुनिन्थ्यो।तर अब बाटोको अवस्थामा सुधार आउने भएपछि सबैले हर्ष प्रकट गरेका छ्न् औ बाटोको मरमती कार्य असल अनि गुणस्तरीय हुनेछ भनी आशा राखेका छन्। लेबोङ हरसिहहट्टादेखि दवाईपानी मिनरल स्प्रीङको जीरो प्वाइन्टसम्म स्वीकृत उक्त सात किलोमिटर भन्दा अधिक लामो सडक मर्मतको प्रधानमन्त्री ग्राम सडक योजनाले सडक सम्बन्धित समस्या भोग्दै आइरहेका जनसाधारणले राहत प्राप्त गर्ने भएका छन्। चरणवद्ध रूपमा कार्य सन्चालन गरिने क्रममा हाल  पैह्रोले क्षति पुर्याएको सडकको अंश मरमती गरिने कार्य थालिएको छ।यस मरमती कार्य तहत निम्न हरसिहहट्टाको विभिन्न स्थानमा विगत धेरै वर्ष अघि गएको पैह्रो ग्रस्त सडक क्षेत्रमा मर्मतको कार्य आरम्भ गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ