गोदुनिसद्वारा माला कोइराला पुरस्कार साथै अन्य पुरस्कार प्रदान गर्ने, 21 सेप्टेम्बरमा स्वरश्री फाइनल

Share this news

दार्जीलिङ, 3  जुलाई(निसं): गोर्खा दु:ख निवारक सम्मेलन(गोदुनिस) दार्जीलिङको गत शुक्रबारको दिन बसेको कार्यकारी समितिको मासिक सभाले आगामी 18 जुलाईको दिन 211औं भानुजयन्ती भव्यतापूर्ण मनाउने निधो गरिएको छ। यसै कार्यक्रममा गान्तोक, सिक्किम निवासी नेपाली गीत नृत्यका प्रखर ज्ञाता, लेखक साथै लोक कलाकार नरेन्द्र गुरूङले पद्मश्री पुरस्कार प्राप्त गरिएकोमा बधाई दिँदै उनलाई सम्मेलनद्वारा सम्बर्द्धना जनाउने निर्णय पनि लिइएको छ। त्यस दिन माला कोइराला स्मृति शैक्षिक पुरस्कार अन्तर्गत राज्यमा प्रथम भाषा नेपाली लिएर माध्यमिक परीक्षा 2025 सालमा सर्वोच्च अंक प्राप्त गर्ने तीनजना नेपाली भाषी विद्यार्थी क्रमैले शान्तिरानी उच्च विद्यालय,सोनादाका  अभिमन्यु भण्डारी (590 प्रतिशत),डन बस्को उच्च माध्यमिक विद्यालय, मिरिकका  ब्रुपछेन तामङ(590 प्रतिशत) र कालेबुङ कन्या उच्च विद्यालयकी सुश्री नम्रता प्रधान(590 प्रतिशत )-लाई मोठ रूपियाँ एक लाख रूपियाँमा तेत्तिस हजार पाँच सय रुपियाँ प्रत्येकलाई), स्मृति चिह्न र प्रमाण पत्र प्रदान गरिनेछ। यसरी नै दार्जीलिङ सदर महकुमा क्षेत्रमा प्रथम भाषा नेपाली लिएर माध्यमिक परीक्षा 2025 मा सर्वोच्च अङ्क प्राप्त गर्ने  शान्तिरानी उच्च विद्यालय (सेन्ट पिटर्स) सोनादाका विद्यार्थी अभिमन्यु भण्डारीलाई सिद्धि नारायण शैक्षिक पुरस्कार अन्तर्गत पुरस्कार रूपियाँ दश हजार, स्मृति चिह्न र प्रमाण पत्र प्रदान गरिनेछ साथै दार्जीलिङ सदर महकुमा क्षेत्रमा प्रथम भाषा नेपाली लिएर उच्चत्तर माध्यमिक परीक्षा 2025 मा सर्वोच्च अंक प्राप्त गर्ने रामकृष्ण शिक्षा परिषद उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थी  मोहम्मद रेहान( 453 प्रतिशत ) -लाई आरपी लामा शैक्षिक पुरस्कार अन्तर्गत रूपियाँ दश हजार, स्मृति चिह्न र प्रमाण पत्र प्रदान गरिने भएको छ।यसैगरि सन्त जोसेफ महाविद्यालय, दार्जीलिङकी विद्यार्थी राष्ट्रीय क्याडेट कर्प्स-का क्याडर  प्रतिमा राईले सगरमाथा सफलतापूर्वक आरोहण गरेवापत उनलाई पनि सम्बर्द्धना जनाइनेछ गोदुनिसले बताएको छ।
गोदुनिसले थप बताए अनुसार, उक्त कार्यकारी सभाले 61औँ वार्षिक नेपाली संगीत प्रतियोगिता स्वरश्री -2025 पनि भव्यतापूर्ण आयोजन गर्ने निर्णय लियो। स्वरश्री-2025 को निम्ति आगामी 7 जुलाईदेखि 4 अगस्तसम्म आवेदन-पत्र वितरण गरिने साथै आगामी 9 र 10 अगस्तको  दुई दिन स्वर परीक्षण गरिनेछ। चयनित 12 श्रेष्ठ प्रतियोगीहरूलाई धुरन्धर औ वरिष्ठ अनुभवी संगीतकार, गायकहरूद्वारा प्रतियोगिताका लागि प्रशिक्षण दिएपश्च्यात आगामी 18 देखि 19 सितम्बरमा 61औँ वार्षिक नेपाली संगीत प्रतियोगिता- स्वरश्री-25 को सेमिफाइनल र आगामी 21 सितम्बरमा फाइनल प्रतियोगिता आयोजन गरिनेछ।
यसरी नै नेपाली भाषाका विद्यार्थीहरू माझ चासो बढाउन औ नेपाली भाषाको संरक्षण र सम्बर्द्धन गराउन आगामी 22 अगस्तको दिन 33औँ भाषा मान्यता दिवसको उपलक्ष्यमा उच्चत्तर माध्यमिक विद्यालयहरू माझ डा. पारसमणि प्रधान प्रधान स्मृति शब्द शक्ति प्रतियोगिता पनि आयोजन गरिने निर्णय लिइएको गोदुनिसले बताएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ