प्लास्टिकमुक्त गाउँ बनाउने सचेतना एवं सरसफाइ कार्य सम्पन्न

Share this news

तीनधारे , 2 जुलाई (निसं)ः खरसाङ खण्ड विकास अन्तर्गत शिवखोला ग्राम पञ्चायतभित्र पर्ने सांंसद-2 सिमरिङमा पञ्चायत सदस्य बिक्की तामाङको तत्परतामा तीन दिवसीय सर सफाई कार्यक्रम सम्पन्न भएको छ। यस सर सफाई कार्यक्रम अन्तर्गत गाउँको सार्वजनिक ठाउँ, स्कूल, पिउने पानीको ट्यांकी इत्यादिमा सर सफाई कार्यको साथमा प्लास्टिकलाई सठिक व्यवस्थापन गर्नु पर्ने विषयमा स्थानीय वासिन्दाहरुलाई सचेतना गराइएको छ। गाउँ घरलाई सफा र स्वच्छ राख्नु,प्लास्टिक जतासुकै नफ्याँकिदिने, नडराईदिने अपिल गर्दै प्लास्टिकमुक्त गाउँ बनाउने पहलमा सफाईकर्मी डुप्छेन तामाङ, केसाङ तामाङ, सफाई-सुपरभाइजर दिपेश तामाङ अनि भिसिटी सदस्या बिनिता सुब्बा, रिया गुरुङ आदिले सहयोग पुराए भने पञ्चायत समिति सदस्या आँगानवाडी कर्मी, आशाकर्मीले पनि कार्यक्रममा सहभागिता जनाए। पञ्चायत सदस्यले स्थानीय बासिन्दा र स्कूलका विद्यार्थीहरुलाई पनि प्लास्टिक, मिठाईको खोल इत्यादि डस्ट्पिनको प्रयोग गर्ने, प्लास्टिकले पार्यवारणलाई मात्र होइन वन्यजन्तु, मानव जीवनलाई हानी पुराउने कुरामा पनि जागरुक गराए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान