कलकत्तामा शहीद दुर्गा मल्लको जन्म दिवस पालन

Share this news

खरसाङ , 2 जुलाई (निसं)ः कलकत्ताको हेस्टिङस्थित भारतीय गोर्खा संघको तत्त्वावधानमा मेजर शहीद दुर्गा मल्लको 112 औँ जन्म जयन्ती भव्य रुपमा पालन गरियो। कार्यक्रमको सभापतित्व संघकै सभापति बबिता राईले गरिन्। कार्यक्रमको प्रमुख अतिथि नारायण प्रसाद होमागाई, अतिथिहरुमा विकास कार्की, प्रकाश राई, सन्तोषचन्द्र दर्नाल, सुरेश प्रधान, कृष्णलाल, सपन जाना अनि कासिम खान रहेका थिए। स्मरण रहोस्, सन् 1965 मा स्थापित भारतीय गोर्खा संघले आफ्नो स्थापना कालदेखि नै नेपाली जातिको उत्थानको निम्ति विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। उनीहरुले कलकत्ता शहरको हेस्टिङको क्यानल रोडमा, जहाँ भारतीय गोर्खा संघको आफ्नै कार्यालय छ, उक्त स्थानमा, सन् 2013 मा अमर शहीद मेजर दुर्गा मल्लको अर्धकद सालिकको स्थापना गरेर महत्वपुर्ण काम गरे। यस कार्यक्रममा धेरै मानिसहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन अरूण राईले गरेका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न