रोगी सहायता केन्द्र कक्षको सिलिङको भाग झर्दा क्षति

Share this news

खरसाङ, 2 जुलाई (मोहन प्रसाद)ः एउटा घटना अन्तर्गत खरसाङ महकुमा अस्पतालको सोध-पुछ कक्ष अथवा रोगी सहायता केन्द्र कक्षको सिलिङको एउटा वृहत भाग झरेर कक्षलाई क्षति पुर्‍याएको छ। यस घटनामा उक्त कक्षमा कार्यरत कर्मचारीहरू भने सबै सुरक्षित रहेका छन्। घटना बुधवार बिहान लगभग 10 बजे भएको जानकारी पाइएको छ। घटनाको अवधि कर्मचारीहरू उक्त कक्षमा नै उपस्थित थिए तर ती कर्मचारीहरूलाई भाग्यले कुनै चोट लागेन। घटनाको बारेमा जानकारी पाउन साथै जीटीए प्रमुख कार्यपालका प्रतिनिधि दिवस छेत्रीले तत्परता देखाउँदै तत्काल उक्त विषयमा अघिल्लो कारवाही शुरू गरे। त्यति मात्र होइन, दिवस छेत्री अनि खरसाङ महकुमा अस्पतालकी एसडीएमओ डा. रूमी मण्डलले सम्बन्धित अधिकारीहरूको साथमा घटनास्थलको निरीक्षण गरे साथै उक्त समस्यालाई कसरी समाधान गर्न पर्ने भन्ने विषयमा चर्चा-परिचर्चा गरे। खरसाङ अस्पतालका एसडीएमओ डा. रूमी मण्डलले जनाए अनुसार, उक्त कक्ष धेरै पुरानो भएकोले कक्षको सिलिङको केही भाग भत्किएर झरेको हो। त्यस समय अस्पतालका कर्मचारीहरू त्यही कक्षमा काम गरिरहेका थिए, जब उक्त सिमेण्टेड सिलिङको भाग भत्किएर झर्‍यो, सबै कर्मचारी आत्तिए तर कसैलाई चोट लागेन। तिनले यो पनि जनाए कि उक्त घटना बारे सम्बन्धित उच्च अधिकारीहरूलाई सूचित गराएएकी छन्। खरसाङ इञ्जिनियरिङ विभागका प्रतिनिधिहरू आएर अघिल्लो कार्वाही शुरू पनि गरेका छन्। तिनले यो जनाइन् कि वर्तमान उक्त कक्षमा रहेको विभागको डेस्कलाई अस्पतालको अन्य कक्षहरूमामा अस्थायी रुपमा सारिएको छ। जीटीए प्रमुखका प्रतिनिधि दिवस छेत्रीको निर्देशमा खरसाङ इञ्जिनियरिङ विभागका प्रतिनिधिहरूले घटनास्थलको निरीक्षण गरेपछि मरम्मत कार्य शुरू गरिएको छ। छेत्रीले थप जनाए अनुसार, जीटीएका स्वास्थ्य विभागका कार्यकारिणी सभासद अरुण सिङची साथै अन्य सम्बन्धितहरूलाई यस घटनाको बारेमा जानकारी गराइएको छ। त्यति मात्र होइन, खरसाङ इञ्जिनियरिङ विभागका प्रतिनिधिहरूलाई लिएर प्रभावित कक्ष साथै आपतकालका अन्य आवश्यक स्थानहरूमा पनि मरम्मत कार्य शुरू गरिएको छ। ज्ञात रहोस् उक्त घटना कुनै नौलो घटना होइन्। विगतमा पनि अस्पतालको भवनको केही अस्पतालका विभिन्न कक्षहरूमा सिलिङको प्लास्टर झरेको जानकारी रहेको छ। यद्यपि, अहिलेसम्म कसैको ज्यान नगए पनि विगतमा अस्पतालको ओपीडी टिकट काउण्टरमा एक महिला कर्मचारीलाई यस्तै कक्षको सिलिङ झरेर गम्भीर चोट लागेको थियो ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ