अलग राज्य समन्वय समितिको दिल्ली मुखी कार्यक्रमको तयारीको सभा

Share this news

दार्जीलिङ,2 जुलाई(निसं): अलग राज्य समन्वय समितिले ग़ैर-राजनीतिक सङ्गठनहरूलाई सामूहिक कार्यक्रमको गोर्खाल्याण्डको लागी आह्वान गर्दै मंगलबार कदमताला, सिलगढीमा अलग राज्य समन्वय समितिको आयोजनामा एउटा बैठक सम्पन्न भयो, जसमा गोर्खा गौरव संस्थान, गोर्खाल्याण्ड एक्टिविस्ट,  भारतीय गोर्खा परिसंघ, ज्ञान (गोर्खाल्याण्डको यूथ एक्टिविस्ट नेटवर्क), स्वतन्त्र समूह बैठकमा उपस्थित थिए। बैठकको उद्देश्य  गोर्खाल्याण्ड राज्यको  सृजनाको लागि एउटा साझा मार्ग निर्माण गर्नु थियो भनी अलग राज्य समन्वय समितिले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
अलग राज्य समन्वय समितिले प्रेस विज्ञप्ति अनुसार, बैठकमा सबै सङ्गठनहरू आ-आफूले आयोजना गर्ने कार्यक्रमहरूमा एक अर्काको सहभागिता रहने गरी भविष्यमा संयुक्त कार्यक्रमहरू सुरु गर्ने सहमति भएको छ । साथै, ज्ञानलाई माटो बचाऊ आन्दोलन को जिम्मेवारी दिइएको छ र दिल्लीमा हुन लागेको  गोर्खाल्याण्डको  एक्टिविस्ट पूर्ण समर्थन जनाउने निर्णय गरिएको छ । साथै, शहीद दिवसको अवसरमा गोर्खाल्याण्डका शहीदहरूबारे किताब प्रकाशित गर्न आवश्यक सम्पूर्ण सहयोग गोर्खा गौरव संस्थालाई प्रदान गर्ने सहमति पनि भएको छ ।
बैठकको समापन प्रेस विज्ञप्ति सहित गरिएको थियो जसमा  गोर्खाल्याण्डको एक्टिविस्ट किशोर प्रधान र ज्ञानका वीरेन्द्र राइसलि‍ले सबै सङ्गठनहरूलाई एकजुट गराउने पहलका लागि अलग राज्य समन्वय समितिलाई धन्यवाद ज्ञापन गर्दै अहिले गोर्खा समुदायले भोगिरहेका अन्यायहरुको विरुद्ध उभिन जरुरी रहेको बताएका थिए ।

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

आजको रोजाइ