अलग राज्य समन्वय समितिको दिल्ली मुखी कार्यक्रमको तयारीको सभा

Share this news

दार्जीलिङ,2 जुलाई(निसं): अलग राज्य समन्वय समितिले ग़ैर-राजनीतिक सङ्गठनहरूलाई सामूहिक कार्यक्रमको गोर्खाल्याण्डको लागी आह्वान गर्दै मंगलबार कदमताला, सिलगढीमा अलग राज्य समन्वय समितिको आयोजनामा एउटा बैठक सम्पन्न भयो, जसमा गोर्खा गौरव संस्थान, गोर्खाल्याण्ड एक्टिविस्ट,  भारतीय गोर्खा परिसंघ, ज्ञान (गोर्खाल्याण्डको यूथ एक्टिविस्ट नेटवर्क), स्वतन्त्र समूह बैठकमा उपस्थित थिए। बैठकको उद्देश्य  गोर्खाल्याण्ड राज्यको  सृजनाको लागि एउटा साझा मार्ग निर्माण गर्नु थियो भनी अलग राज्य समन्वय समितिले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
अलग राज्य समन्वय समितिले प्रेस विज्ञप्ति अनुसार, बैठकमा सबै सङ्गठनहरू आ-आफूले आयोजना गर्ने कार्यक्रमहरूमा एक अर्काको सहभागिता रहने गरी भविष्यमा संयुक्त कार्यक्रमहरू सुरु गर्ने सहमति भएको छ । साथै, ज्ञानलाई माटो बचाऊ आन्दोलन को जिम्मेवारी दिइएको छ र दिल्लीमा हुन लागेको  गोर्खाल्याण्डको  एक्टिविस्ट पूर्ण समर्थन जनाउने निर्णय गरिएको छ । साथै, शहीद दिवसको अवसरमा गोर्खाल्याण्डका शहीदहरूबारे किताब प्रकाशित गर्न आवश्यक सम्पूर्ण सहयोग गोर्खा गौरव संस्थालाई प्रदान गर्ने सहमति पनि भएको छ ।
बैठकको समापन प्रेस विज्ञप्ति सहित गरिएको थियो जसमा  गोर्खाल्याण्डको एक्टिविस्ट किशोर प्रधान र ज्ञानका वीरेन्द्र राइसलि‍ले सबै सङ्गठनहरूलाई एकजुट गराउने पहलका लागि अलग राज्य समन्वय समितिलाई धन्यवाद ज्ञापन गर्दै अहिले गोर्खा समुदायले भोगिरहेका अन्यायहरुको विरुद्ध उभिन जरुरी रहेको बताएका थिए ।




Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ