Durga Mall Jayanti Celebrations
Durga Mall Jayanti Celebrations

कोलकातामा दुर्गा मल्ल जयन्ती पालन

Share this news

भारतीय गोर्खा सङ्घ, कोलकाताद्वारा स्वाधीनताका शहीद दुर्गा मल्ल जयन्ती मङ्गलबार पालन गरिएको थियो। सङ्घकी अध्यक्ष बबीता राईद्वारा अध्यक्षता गरिएको समारोहका प्रमुख अतिथिको रुपमा समाजसेवी नारायण हुमागाईं उपस्थित थिए। 5/1, टेनर हेस्टिङ्ग चेन्नई रोडमा अवस्थित शहीद दुर्गा मल्लको सालिकमा कोलकातावासी गोर्खाहरूले भक्तिभावसहित फूलमालाद्वारा श्रद्धाञ्जली चढाए। सञ्जीव गुरूङद्वारा सञ्चालित समारोहमा कोलकाताका सबै गोर्खा संघ-संस्थाहरूलाई निम्तो दिइएको थियो। जसमा सन्तोष दर्नाल, विकास कार्की, प्रकाश राई, कृष्ण लाल, मणि प्रधान सपन जाना, सुरेश प्रधानले गोर्खे शहीद दुर्गा मल्लमाथि गहन वक्तव्य राखेका थिए।
स्मरण गराइन्, 1965 मा स्थापना गरिएको यो सङ्घले गोर्खाहरूको प्रत्येक चाढपर्वहरूको आयोजन गर्दै आइरहेको छ। यसैक्रममा 2013 मा आजाद हिन्द फौजका प्रथम गोर्खे शहीद दुर्गा मल्लको सालिक स्थापना गरी उनको जन्म जयन्ती र बलिदान दिवस पालन गर्दै आइरहेको सङ्घका सचिव बिनता छिरिङ लेप्चाले जनकारी दिएका छन्।

Durga Mall Jayanti Celebrations

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ