अमेरिकाको न्यूजर्सीस्थित इस्कन मन्दिरमाथि अज्ञात व्यक्तिहरूले दर्जनौं राउन्ड गोली प्रहार गरेका छन्। घटनालाई सम्भावित घृणात्मक आक्रमण (हेट क्राइम) का रूपमा हेरिएको छ।
गोलीबारीको बेला मन्दिर बन्द रहेकोले कुनै मानवीय क्षति नभएको बताइएको छ। भारत सरकारले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकी अधिकारीहरूलाई तत्काल छानबिन र आवश्यक कारबाही गर्न आग्रह गरेको छ।
स्थानीय प्रहरी र संघीय अनुसन्धान संस्था एफबीआईले घटनाको गम्भीरता अनुसार अनुसन्धान थालेको जनाइएको छ। भारत–अमेरिका सम्बन्ध सुदृढ रहँदा पनि यस्ता घटनाले आप्रवासी समुदायबीच डर र असुरक्षा बढाएको छ।