लायन्स क्लबद्वारा डाक्टर अनि सीएहरूलाई सम्मान जनाइयो

Share this news

खरसाङ,1 जुलाई(मोहन प्रसाद): चिकित्सक दिवसको अवसरमा मंगलवार लायन्स क्लब खरसाङद्वारा खरसाङका विभिन्न डाक्टर अथवा चिकित्सकहरूलाई खादा-माला लगाएर अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। मंगलवार चिकित्सक दिवसको अवसरमा चिकित्सकहरूलाई बधाई अनि शुभकामना क्बद्वारा व्यक्त गरिएको छ। लायन्स क्लब खरसाङका वरिष्ठ प्रतिनिधि एवं सचिव आयुष गुप्ताले जनाए अनुसार, चिकित्सक दिवसको अवसरमा खरसाङ क्षेत्रका विभिन्न डक्टरहरूलाई क्लबका प्रतिनिधिहरूले भेटवार्ता गर्दै खादा-माला लगाएर अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनएका छन्। यस अवधि खरसाङस्थित मोहपाल होटलमा उक्त दिवसको उपलक्ष्यमा आयोजित एउटा कार्यक्रममा खरसाङ महकुमा अस्पतालका एसडीएमओ अनि उपस्थित अन्य डक्टरहरूलाई क्लबको पक्षबाट सम्मान जनाइयो। कार्यक्रममा डा. एके बरुई, डा. पीयूष मुखर्जी, डा. सुधांशु, डा सौरभ बैरी, डा. विस्वास, डा. टीपी डुक्पा, डा. अनुपमा विश्‍वास अनि अन्य विभिन्न विशेषज्ञ चिकित्सकहरूलाई सम्मान जनाइयो। कार्यक्रममा लायन्स क्लब खरसाङका अध्यक्ष लायन विवेक गोयल, सचिव लायन आयुष गुप्ता साथै सम्मान कार्यक्रमका अध्यक्ष लायन आशीष अग्रवाल अनि अन्य सदस्यहरूको उपस्थित रहेको थियो । आयुष गुप्ताले थप जनाए अनुसार, आज डक्टर्स डे संगै चार्टर्ड एकाउण्टेन्ट डे पनि हो। यसैले लायन्स क्लब खरसाङद्वारा खरसाङका वरिष्ठ सीए विनोद अग्रवाललाई पनि खादा अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा