खरसाङको वार्ड नम्बर 17 मा पैह्रो झरेर घर क्षतिग्रस्त

Share this news

खरसाङ,1 जुलाई(निसं): खरसाङ नगरपालिकाको वार्ड नम्बर 17 मा पैह्रो गएर अमृता लामाको घरको देवल भत्केर तल्लोपट्टि प्रतिका कार्कीको घरलाई क्षति गरेको जानकारी प्राप्त भएको छ। यस वर्ष वर्षाको समय अघि नै पानी परेर त्रास भइरहेको समय खरसाङ नगरपालिकाको वार्ड नम्बर 17 फेरि पैह्रो झरेको जानकारी प्राप्त भएको छ। पानी-झरी र पैह्रोले क्षति गरेको रिपोर्ट नगरपालिका मार्फत सरकार समक्ष पुग्दा-नपुग्दै मंगलवार दिउँसो 2.30 बजीतिर खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 17 मा पैह्रोले एक घर क्षतिग्रस्त भएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्। उनले बताए अनुसार उक्त विषय लिएर गत केही दिन अघि खरसाङ नगरपालिकामा रिपोर्ट गरिएको थियो। उक्त विषय लिएर खरसाङ नगरपालिका एसएई सञ्जय थापा अनि सोनाम लामाद्वारा निरीक्षण गरी खरसाङ महकुमा कार्यालय रिलिफ विभागमा जानकारी गराइएको भए तापनि देवाल मरमत्ति कार्य गर्न सरकारी नियम अनुसार कागजपत्र तयारी गर्दा-नगर्दा मंगलवारको पानीले अझ ठूलो क्षति हुन पुगेको छ। पैह्रो प्रभावित दुवै परिवारलाई सुरक्षित स्थानमा गाउँ समाजले राखेको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड